प्रेस वक्तव्य- मेरील्याण्डमा नेपाली पुस्तकालयको स्थापना

इनेप्लिज २०७१ चैत ९ गते ५:१० मा प्रकाशित

विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई भाषा, साहित्य, संस्कृति र शिक्षाको माध्यमबाट एकै सूत्रमा बाँधी उनीहरूको शैक्षिक उत्थानमा एक सशक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले सन् २०१२ बाट संयुक्त राज्य अमेरिकाको लस एन्जलस क्षेत्रलाई आधार बनाएर पुस्तकालय व्यवस्थापन, छात्रवृति वितरण तथा नेपाली भाषामा छापा पत्रिका प्रकाशन गरिरहेको कुरा विदितै छ ।

प्रतिष्ठानले घर आँगन जेहनदार छात्रवृति कार्यक्रम अन्तर्गत नेपालको दुर्गम जिल्ला संखुवासभाका तीनवटा विद्यालयहरूमा २२ जना विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति संख्या वृद्धिको क्रममा छ । त्यसैगरी प्रतिष्ठानले नेपाली भाषामा समुदाय नामक नेपाली छापा मासिक पत्रिका विगत तीन वर्षदेखि निरन्तर रूपमा प्रकाशन गरी अमेरिकाका १८ वटा राज्यका ७०० ग्राहकहरूमा निःशुल्क वितरण गर्दै आएको छ ।

त्यसरी नैं नारी दिवस २०१५ को सन्दर्भ पारेर नारीहरूको हित र कल्याणको लागि नारी हित कल्याण कोषको स्थापना गरी झन्डै ५०जनाको सहभागितामा दुइ हजार डलर संकलन भइसकेको र संकलनको क्रम जारी छ ।

प्रतिष्ठानद्वारा अमेरिकाको नेपाली वस्ति भएका स्थानमा आफ्नै पहल तथा सहकार्यमा नेपाल सम्बन्धी विविध पुस्तकहरू संकलन गरी पुस्तकालय विस्तार गर्ने क्रममा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसिसि), मेरील्याण्ड राज्यको परिसरमा एक पुस्तकालयको स्थापना गरिएको छ जसको उद्घाटन एनआरएन आइसिसि संरक्षक अम्बिकाप्रसाद अधिकारी तथा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसिले संयुक्त रूपमा आजैका मितिमा गर्नुभयो । प्रतिष्ठानले यस अघि क्यालिफोर्निया राज्यको आर्टेशिया सिटिमा अवस्थित लस एन्जलस काउन्टीको सामुदायिक पुस्तकालयसँग सहकार्य गरी नेपाल सम्बन्धी तथा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराइसकेको छ ।

हाल मेरील्याण्डमा स्थापनार्थ पुस्तकालयमा प्रतिष्ठानको तर्फबाट ४ थान दराज प्रदान गरिएको छ भने क्यालिफोर्नियाबाट एकराज पाण्डे, बलराम थापा, रामबाबु पाण्डे, उमा कार्की थापा, शान्तिराम ढकाल, संगीता शिवाकोटी, सुनन्दा थापा, प्रेम गुरागाइँ, चक्रपाणी मिश्र, युवराज खनाल, मुकुन्द ढुंगाना, कृष्ण कोइराला, ऋषी ढकाल, सुनयन थापा, सोहन थापा, भर्जिनियाबाट विष्णु पौडेल, नरेन्द्रवहादुर कटुवाल, डा. किशोर उप्रेती, सुशिल नेउपाने, पर्शुराम तिमिल्सिना, दिपक विश्वकर्मा, प्रेम संग्रौला, नेत्र घिसिङ तथा मेरील्याण्डबाट खिलेन्द्रमणि नेउपाने, शान्ति नेउपाने, बुद्धिप्रसाद रेग्मी, सावित्री छेत्री, विवेक नेउपाने, विजय नेउपाने, डा. हरिराज भट्टराइ, सरला नेपाल तथा गोपाल रायमाझी लगायतको सहयोगमा पुस्तकहरू उपलब्ध गराइएका छन् । प्रतिष्ठान निकट भविष्यमा अमेरिकाको अन्य शहरहरूमा पनि यस प्रकारका पुस्तकालयहरू स्थापना गर्ने क्रममा छ ।

सो अवसरमा प्रतिष्ठानले नेपाली भाषाको प्रारम्भिक अध्ययनका लागि “नेपाली वर्णमाला” निःशुल्क रूपमा वितरणको व्यवस्था मिलाएको थियो ।

धन्यवाद !
मितिः मार्च २२, २०१५

प्रतिक्रिया