अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७१ चैत १० गते २१:३९ मा प्रकाशित

 

 

image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएन अमेरिकाको संयुक्त

आयोजनामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ /

अमेरिकाको वाशिंगटन डिसीमा “डायस्पोरामा नेपाली साहित्य : अनेसास

र एनआरएन” बिषयक कार्यक्रम एनआरएन अमेरिकाको तेस्रो बार्षिक

साधारणसभाका अवसरमा आयोजना भएको हो/

कार्यक्रममा बक्ताहरूले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र

एनआरएनका सहकार्यका बारेमा बिचार व्यक्त गरेका थिए । सो

अबसरमा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले अन्तर्राष्ट्रिय

नेपाली साहित्य समाज र एनआरएनले आगामी दिनहरुमा सहकार्य गर्दै

जाने बताए । यसैगरी अनेसास बोर्ड अफ् ट्रष्टीका सभापति डा. श्याम

कार्की, अनेसासका पूर्व अध्यक्ष एबं बोर्ड अफ ट्रष्टीका उपसभापति गीता

खत्री, संस्थापक अध्यक्ष होमनाथ सुबेदी, एनआरएनका महासचिब कृष्ण

पोखरेलले आआफ्ना मन्तब्य प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार कृष्ण धराबासीले

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्दै आएको पुरस्कारहरूलाई

प्रभाबकारी र अझ ब्यवस्थित गराउदै लैजानु पर्ने र नेपाली साहित्यका

उत्कृष्ट कृतिहरुलाई अनुबाद गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकारण

गर्नुपर्ने बताए ।

सो अबसरमा कार्यक्रमका सभापति एवं अनेसासका केन्द्रीय अध्यक्ष

पदम विश्वकर्माले एनआरएनले कार्यक्रम आयोजना गर्ने अवसर प्रदान

गरेकोमा धन्यबाद व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले

नेपाली साहित्यका कृतिहरूलाई क्रमशः अनुबाद गर्दै प्रकाशन गर्दै जाने,

अनलाइन बुलेटिन प्रकाशन गर्ने, संस्थाको रजतजयन्ती समारोहको

आयोजना गर्ने, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कार्यक्रमहरुको आयोजना

गर्ने योजना बनाएको जानकारी गराउदै उक्त कार्यक्रम सफल पार्न सबैको

सहयोग अपरिहार्य भएको बताए ।

अनेसासका सचिव प्रकाश नेपालद्वारा संयोजित उक्त कार्यक्रममा बिनोद

रोका, रामप्रसाद खनाल, गीता पन्थ, धर्म भट्टराई, एच बि भण्डारी, राधा

पौडेल, नारायण शश्रेष्ठ , परशु तिमिल्सिना, नवराज खड्का, बन्दना

कोइराला, कुन्ती थापा, पुष्पा घिमिरे, लिलु गुरुङ, ईश्वरी भट्ट आदिले

सिर्जना वाचन गरे ।

राधा पौडेलद्वारा संचालित उक्त कार्यक्रमका अनेसास बोर्ड अफ ट्रष्टीका

अध्यक्ष डा. श्याम कार्कीले एनआरएनका अध्यक्ष शेष घलेलाई

अनेसासका तर्फबाट प्रदान गरिएको कदरपत्र एनआरएन अमेरिकाका

अध्यक्ष खगेन्द्र जिसीलाई प्रदान गरे /

प्रतिक्रिया