“बोलेर होईन गरेर देखाउने नै सफलता हो”

इनेप्लिज २०७१ चैत ११ गते ९:३४ मा प्रकाशित

IMG_3371

“बोलेर होईन गरेर देखाउने नै सफलता हो”

नमस्कार ।
सम्पुर्ण बिदेशमा छरिएर रहनु भएका गैर आवासीय नेपाली दाजुभाई- दिदीबहिनीहरुमा म दिल श्रेष्ठको हार्दिक अपिल।

बिगत १० बर्षदेखी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै नेपाली दाजुभाई-दिदीबहिनीहरुको समस्या प्रति यथासक्दो सहयोग राखी हाल अमेरिकाको एन आर एन ए को सह-सचिब पदमा रही सामाजिक कार्य गदै आएको यहाँहरु सम्पुर्णमा अवगत रहेकै छ । यही आउदो अप्रिल १६ देखि २० ,२०१५ मा हुन गइरहेको एन आर एन / आई सि सि पदमा उम्मेदवारी घोषणा गदै म दिल श्रेष्ठ यहाँहरु समक्ष अमुल्य मतको अपेक्षा राखेकाे छु । बिगत बर्षमा जुन किसिमले बिजयी गराउदै सामाजिक कायमा अगाडी बढाउंदै गरिमामय गैर आवासीय नेपाली संघ एन आर एन ए अमेरिकाको सह- सचिब पदमा बिजयी गराई उत्प्रेरीत गराउनु भयो । यसै अनुरुप समाज, राष्ट्र र गैर आवसीय नेपालीका समस्याहरुमा जुन किसिमले सहयोग गर्ने अहोभाग्य मिलेको थियो र छ, अझै सारा विश्वमाझ छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुका समस्यालाई यथासक्दो सहयोग गर्न तत्पर रहंदै आईसीसी सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेको छु । यसर्थ : तपाईं सम्पूर्ण गैर आवसीय नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा हार्दिकतापुर्वक पूर्ण सहयोगको अपेक्षा राख्दै आफ्ना निम्न लिखित प्रतिबद्धताहरु ब्यक्त गर्न चाहन्छु । उम्मेदवार म दिल श्रेष्ठको प्रतिबद्धताहरु :
1. सबै सदस्यहरुको समान पहुंचको साझा संस्था बनाउंदै सम्पूर्ण गैर आवसीय नेपालीहरुमाझ गैर आवसीय नेपाली संगको आवश्यकता र महत्व बुझी समग्र विश्वमाझ छाता संगठनको रुपमा मजबुत पार्नका निमित्त पहल गर्ने ।
2. अन्तरराष्ट्रिय रुपमा सदस्यता बढाउंदै एनआरएन संग सम्बन्धित रहनुहुने सम्पूर्ण नेपालीहरुलाई ब्यबसायीक बनाउंदै नेपाल र नेपालीका निमित्त नयाँ योजना कार्यान्वयनको शुरुवात गर्न पहल गर्ने ।
3. सिपमुलक तथा बिकासमुलक काममा सम्पूर्ण युवा शक्तिलाई आकर्शित किसिमका योजना ल्याउने ।
4. देश बिदेशमा छरिएर रहेका गैर आवसीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको हक, हितमा सदैव तत्पर रहने ।
5. ब्यापार, रोजगार र बिकासको निम्ती आवश्यकिय पहल गर्ने ।
6. विश्वब्यापारीकरण एनआरएन बैंङ्किङ्ग सेवा सुबिधाका निम्ती स्थापना गर्नका लागि आवश्यक पहल गर्ने ।
7. विश्वमा गैर आवसीय नेपालीहरु माझ पर्ने बिपत्तिप्रति सचेत रहंदै एनआरएन आपतकालिन कोश स्थापनाका लागि पहल गर्ने ।
8. नेपालमा पर्यटन, कृषि, जलस्रोत, जडिबुटी जस्ता क्षेत्रमा लगानीका निमित्त पहल गर्ने ।
9. नेपाली भाषा, साहित्य, कला र संस्क्रिती लगायत खेलकुद बिकासका निमित्त एनआरएन मार्फत कोश स्थापनाका निमित्त आबश्यक सहयोग गर्दै आफुसक्दो पहल गर्ने ।
10. दोहोरो नागरिकता र कर प्रणालीको अन्त्य गर्न आवाज बुल्यान्ड पार्ने । नेपालीहरुको आवश्यकतालाई मध्यानजर गर्दै सरकार समक्ष कन्सुलर सर्भिसका निमित्त आबश्यक पहल गर्ने ।
दिल श्रेष्ठ
सह-सचिब
(NRN NCC OF USA)
उम्मेदबार , NRN ICC

प्रतिक्रिया