कोरियामा खुल्ला कविता वाचन प्रतियोगिता हुने

इनेप्लिज २०७१ चैत १४ गते १७:२९ मा प्रकाशित
दक्षिण कोरियामा भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिने भएको छ । हेल्लो नेपालकोरिया डटकमले जुलाई १२ मा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ५ लाख, ३ लाख, २ लाख कोरियन वन र प्रमाण पत्र प्रदान गरिने हेल्लो नेपालकोरिया डटकमका सञ्चालक पुस्प लामिछानेले जानकारी गराउनु भएको छ ।
कोरियामा रहेका नेपालीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगितामा भाग लिन इच्छुक कोरियामा रहेका नेपालीहरुले hellonepalkorea.[email protected] मा आफ्नो कविता पठाउन सक्नेछन् । कविता पठाउनका लागि मे ३१ सम्म अन्तिम मिति तोकिएको छ । मे ३१ सम्म इमेल मार्फत आएका कविताबाट उत्कृष्ट १५ कविता छनोट गरी जुन ८ तारिक पठाउने ब्यक्तिको नाम सार्वजनिक गरिनेछ । उत्कृष्ट १५ मा परेका ब्यक्तीहरुले जुलाई १२ मा हुने कविता प्रतियोगितामा आफ्नो प्रस्तुती दिनेछन् । प्रतियोगिताको गतिविधीलाई नेपाली वेभ टिभीले प्रसारण गर्नेछ ।
कविता प्रतियोगिताका लागि
१, कविता स्पष्ट बुझिने नेपाली भाषामा (प्रिती वा यूनिकोड फन्टमा) १५० शब्दमा नबढाई लेखेको हुनुपर्ने
२, कविता कुनैपनि ब्याक्ति, जातजाति ,भाषाभाषी, लैङ्गीक वा कुनै सम्प्रदायमा खलल नपुर्याउने गरी तथा नेपालको सम्मानमा आँच नआउनेगरी लेख्नुपर्नेछ ।
३, कविताको शिर्षक खुल्ला रहनेछ र कोरियाको भोगाई तथा नेपालमा सकारात्मक प्रभाव पार्ने  विषयबस्तु लाई मुल्यांकनमा प्राथमिकता  दिइनेछ ।
४, कविता मौलिक ,अरुको साभार नगरिएको कतै पत्रिकामा नछापिएको हुनु पर्नेछ ।
५,कोरियामा रहने सबैले प्रतियोगितामा सहभागी हुन पाउने छन र  कवितामा प्रथम चरणमा छनोटमा परेका उत्कृष्ट १५ जनाले प्रतियोगीतामा आफ्नो कविता वाचन गर्न पाउनेछन्।
६, प्रतियोगीता सम्बन्धी कुनै विवाद भएमा निर्णायक मण्डलको  निर्णय अन्तिम हुनेछ।
७ प्रतियोगिले आफ्नो नाम,  नेपालको र हाल कोरियाको ठेगाना ,सम्पर्क नम्बर स्पष्ट उल्लेख  गर्नुपर्ने छ। सकभर आफ्नो फोटो समेत पठाउनु पर्ने छ (फोटो अनिवार्य गरिएको छैन) ।

प्रतिक्रिया