हामी अमेरिकामा

इनेप्लिज २०७१ चैत १५ गते ११:३७ मा प्रकाशित

pic_prakash_nepal

 

 

 

 

 

‘सब-वे’ र ‘ग्यास स्टेसन’ धोकेका छौ
‘डलर ‘बटुल्ने छटपटी भित्र
आफ्नो उमेर जोखेका छौ
ज्युने पाठ घोकेका छौ –
‘मेरो प्यारो अमेरिका’
तिम्रो न्यानो काख भनू वा जिउने एउटा बाध्यता भनू
सपनामा पनि नेपाल भोगेका छौ
एउटा आदिम देशका मानिस हामी
सकी नसकी सपना भित्र
देश प्रेम खोजेका छौ l

 

प्रतिक्रिया