आयोगद्वारा कारागार निरीक्षण

इनेप्लिज २०७१ चैत १७ गते २:३९ मा प्रकाशित

पुतलीबजार (स्याङ्जा), १७ चैत । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य, मानवअधिकारकर्मी, पत्रकारलगायतका समूहले सोमबार स्याङ्जा कारागारको अनुगमन तथा निरीक्षण गरी कैदी–बन्दीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आयोगका गोविन्द शर्मा पौडेल, पश्चिमाञ्चल क्षेत्रीय आयोगका निर्देशक डा टीकाराम पोखरेललगायतले कैदी–बन्दीका लागि बस्ने, सुत्ने, खाने, शौचालय, पुस्तकालयलगायतको निरीक्षण गर्नुभएको थियो । कारगारमा २५ पुरुष र १० महिला बन्दी क्षमता रहेको शाखामा हाल ९७ कैदी–बन्दी रहेका छन् । तीमध्ये आठ महिलासहित एक आश्रित बच्चा र ८८ पुरुष बस्दै आएका छन् ।

यसैबीच आयोगका सदस्य शर्मा एवम् क्षेत्रीय निर्देशक डा पोखरेलले प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे र प्रहरीनायब उपरीक्षक राजकुमार वैदवारलाई भेटी कारागारका कैदी–बन्दीका लागि मानवअधिकार मैत्री कारागार बनाउन सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया