व्यथित काव्य सम्मान कविद्घय शशी थापा र दामोदर पुडासैनीलाई प्रदान गरिने

इनेप्लिज २०७१ चैत १७ गते १७:३७ मा प्रकाशित

२०७१ चैत १७, काठमाडौं ।
साहित्यिक पत्रकार संघले कविद्घय शशी थापा पण्डित र दामोदर पुडासैनीलाई कविताका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानवापत क्रमशः २०७० र २०७१ सालको व्यथित काव्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । संघको विशेष कार्यसमितिका संयोजक राधेश्याम लेकालीको अध्यक्षतामा बसेको विशेष कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
कवि शशी थापा पण्डितका मेरी छोरी सहिद भइछे, प्रेमको वकपत्र कविता कृतिहरू प्रकाशित रहेका छन् भने कवि दामोदर पुडासैनी किशोरका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप आदि कृतिहरू प्रकाशित रहेका छन् ।

वि.सं. २०३९ सालमा स्थापना भएको व्यथित काव्य पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरू·, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजियम, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसुदन गिरी, अनिलकुमार अनल, बसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द शलभ, धिरेन्द्र पे्रमर्षी आदि पुरस्कृत रहनुभएको छ ।

उल्लिखित पुरस्कार संघको आगामी २०७१ चैत १९ गते आयोजना हुने ३४ औं कथा दिवसका अवसरमा स्रष्टाहरूलाई समर्पण गरिने छ ।

प्रतिक्रिया