अध्यागमन कानुनमा आप्रवाशीहरुको अर्को सफलता: एच-१ (बि) भिषा बाहकले काम गर्न पाउने फैशला

इनेप्लिज २०७१ फागुन १७ गते २०:२२ मा प्रकाशित

H-1B-Visa

अध्यागमन कानुनमा आप्रवाशीहरुको अर्को सफलता: एच-१ (बि) भिषा बाहकले काम गर्न पाउने फैशला
पुरुषोत्तम ढकाल, लस एन्जलस, १८ फागुन । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा केन्द्रका निर्देशक लियोन रोड्रीगुएजले एच-१ (बि) भिषा बाहकलाई काम गर्ने अनुमति प्रदान गरिएको एतिहाँसिक घोषणा सार्बजनिक गरेका छन । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा केन्द्रका निर्देशक लियोन रोड्रीगुएजले गत फेब्रुवरी २४ तारिखमा जारी गरेको बिज्ञप्तिमा एच-१ (बि) भिषा बाहकलाई काम गर्ने अनुमति प्रदान गर्ने घोषणा गरेका हुन । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा केन्द्रको फेब्रुवरी २४ को घोषणासंगै दक्ष कामदारको रुपमा अमेरिकामा कार्यरत ठुलो संख्याका एशियाली आप्रवाशीहरु र तिनका परिवार यो अवशरबाट लाभान्वित हुने भएका छन । अध्यागमन कानुन सुधारको क्षेत्रमा अमेरिकी सरकारको यो घोषणा अर्को महत्वपुर्ण उपलब्धि भएको विश्लेषण गरिएको छ । एच-१ भिषा बाहकका श्रीमती र परिवारले काम गर्न पाउने फैशला लगत्तै व्हाइट हाउसस्थित अमेरिकी आर्थिक परिषद्का निर्देशक जसन फरम्यानले अध्यागमन कानुन सुधारको क्षेत्रमा एच-१ भिषा बाहकका एच-१ (बि) भिषा बाहक श्रीमती र परिवारले काम गर्न पाउने फैशला महत्वपुर्ण उपलब्धि भएको र यसले अमेरिकी अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रतिक्रिया दिएका छन् । निर्देशक फरम्यानले भनेका छन्, ‘अमेरिकी सरकार उच्च दक्ष कामदार र तिनका श्रीमती र परिवारलाई अमेरिकी रोजगार बजारमा सदैब स्वागत र प्रोत्साहन गर्दछ । एच-१ भिषा बाहकका श्रीमती र परिवारले काम गर्न पाउने घोषणा यसैको निरन्तरता हो । उनले जोड दिए, ‘ अमेरिकी सरकार प्रतिभावान उच्च दक्ष कामदार र तिनका श्रीमती र परिवारलाई स्थाई प्रवेश आज्ञा र बासोस्थान अनुमति (ग्रिन कार्ड) उपलब्ध गराउन प्रतिबद्ध छ । प्रतिभावान उच्च दक्ष कामदार र तिनका परिवारलाई अमेरिकामा स्वागत र प्रोत्साहन गर्दछ । स्मरण रहोस राष्ट्रपति बराक ओबामाले गत नोभेम्बरमा राष्ट्रपतिको कार्यकारी अधिकार उपयोग गर्दै १५ बर्ष भन्दा कम उमेरमा अमेरिका प्रवेश गरेका बालबालिका र तिनका अभिभावकलाई अमेरिकामा बासोस्थानको स्थाई अनुमति प्रदान गर्ने घोषणा गरेका थिए । राष्ट्रपतिको कार्यकारी अधिकार उपयोग गर्दै गरिएको घोषणामा (एच-४ भिषा बाहकका परिवार) लाई समेत काम गर्ने अनुमति प्रदान गर्ने घोषण गरिएको थियो । तर टेक्सासस्थित संघिय जिल्ला अदालतका न्यायाधिश एन्ड्रु हानेनले फेब्रुवरी १६ मा एक आदेश जारी गर्दै राष्ट्रपतिको कार्यकारी अधिकार उपयोग गर्दै गरिएको अध्यागमन सुधार घोषणा कार्वान्नयनमा रोक लगाएको थियो । अमेरिकी सरकारको एच-१ (बि) भिषा बाहकलाई काम गर्ने अनुमति प्रदान गरिएको एतिहाँसिक घोषणा संगै एशियाली मूलका प्रतिभावान उच्च दक्ष र दक्ष कामदारलाई अमेरिकामा परिवार सहित काम गर्ने एतिहाँसिक अवशर निर्माण भएको विश्लेषण गरिएको छ । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा केन्द्रको यो घोषणाको अमेरिकामा रहेका एशियाली आप्रवाशी कामदारहरुले स्वागत गरेका छन।

प्रतिक्रिया