एनआरएनले लसएन्जलसमा नेपाली भाषा तथा साहित्य सम्बन्धि सम्मेलन आयोजना गर्दै

इनेप्लिज २०७१ फागुन १८ गते ०:३९ मा प्रकाशित

NRN ICC Culture, Language & Literature Task force Meetings in LA

लसएन्जलस । गैरआवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलको आयोजनामा शनिबार संयूक्तराज्य अमेरिकाको लसएन्जलसस्थित आर्टेशिया शहरमा कबि गोष्ठी तथा आउदो जुलाई महिनामा नेपाली भाषा तथा साहित्य सम्बन्धि उत्तर अमेरिका विशेष सम्मेलन आयोजना गर्ने बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरसंगको सहकार्यमा गैरआवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्धन कार्यदलले नेपाली भाषा तथा साहित्य सम्बन्धि उत्तर अमेरिका विशेष सम्मेलन  संयूक्तराज्य अमेरिकाको लसएन्जलसमा आयोजना गर्न लागेको हो । शनिबार लसएन्जलसस्थित आर्टेशिया शहरमा आयोजित छलफलमा आगामी जुलाई महिनामा आयोजना गर्न प्रस्ताव गरिएको नेपाली भाषा तथा साहित्य सम्बन्धि उत्तर अमेरिका विशेष सम्मेलनमा पूर्वीय जिवन पद्धति बारे स्वामी आनन्द अरुणको सहभागितामा कार्यशाला र ध्यान शिबिर, आनी छोयंग डोल्माको शान्ति संगीत यात्रा, विश्व ब्यापी प्रतियोगितात्मक कबिता सम्मेलन, सकारात्मक सोचका अभियन्ता बरिष्ट संचारकर्मी बिजयकुमार पाण्डे र एनआरएन अभियन्ताहरु डा. उपेन्द्र महतो र जिबा लामिछानेसंगको अन्तरक्रिया साथमा चर्चित कबि श्रवण मुकारुङ्गको एकल कबिता वाचन जस्ता कार्यक्रमहरु समावेश गरिने लक्ष राखिएको आयोजक एवं कार्यदलका सदश्य शान्तिराम ढकालले जानकारी दिएका छन् । कार्यदलका सदश्य ढकालका अनुसार गैरआवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलले संयूक्तराज्य अमेरिकाको लसएन्जलसमा आयोजना गर्न लागेको नेपाली भाषा तथा साहित्य सम्बन्धि सम्मेलन सम्पन्न गर्न निकट भविष्यमै तयारी समिति गठन गरी कार्य सुचारु गरिनेछ । गैरआवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदश्य  राजेन्द्र सिवाकोटीले एनआरएनको आयोजनामा नेपाली भाषा तथा साहित्य सम्बन्धि उत्तर अमेरिका विशेष सम्मेलन लसएन्जलसमा आयोजना गर्न पाउनु सुखद खबर भएको बताउदै लसएन्जलसका नेपालीले नेपाली सफल स्रष्टाहरुलाई स्वागत गर्न तयार रहेको प्रतिक्रिया दिए ।छलफलमा गैर आवाशीय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिषद्का सदश्य राजेन्द्र सिवाकोटी, एनआरएन अमेरिकाका महिला संयोजक उमा कार्की, सदश्य बलराम थापा, एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठ, महासचिब इन्दिरा त्रिपाठी, अन्तराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरका डन बाहदुर कार्की, पत्रकार सुदिप पन्त, अग्नि चौलागाईं लगायतका स्थानिय साहित्य प्रेमी अगुवाहरुको उपस्थिति रहेको थियो । छलफलमा गैरआवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलका सदश्य सचिब पुरुषोत्तम ढकालले नेपाली भाषा तथा साहित्य सम्बन्धि उत्तर अमेरिका विशेष सम्मेलन  बारे जानकारी दिएका थिए । छलफल लगतै आयोजित कबि गोष्ठीमा स्थानिय सुशिला पाण्डे, डनबहादुर कार्की, शान्तिराम ढकाल, इन्दिरा त्रिपाठी, संगीता लम्साल (सिवाकोटी) लगायतका साहित्यकारहरुले कबिता वाचन गरेका थिए । छलफल कार्यदलका सदश्य एवं अन्तराष्ट्रिय साहित्य समाज लसएन्जलस च्याप्टरका सभापति शान्तिराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया