समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ : उमा कार्की थापा एनआरएन अमेरिकाका लागि उपाध्यक्ष पद कि प्रत्याशी

इनेप्लिज २०७१ फागुन २१ गते १:५२ मा प्रकाशित

uma 1

फाल्गुन २० ,डिसी

म सत्य र सहिको लागि कोहि संग नडराउने नेपाल आमाकि छोरी हु भन्दै आगामी एनआरएन अमेरिकाको निर्वाचनमा आफु उपाध्यक्ष पदमा लड्ने निधो गरेको बताउनु भएको छ l बिगत झन्डै एक दशक देखि क्यालिफोर्निया राज्यको लसएन्जेलसमा बसोबास गर्दै आउनु भएकी सामाजिक कार्यकर्ता तथा महिला अधिकारबादी उमा कार्की थापाले महिलाको हक र अधिकारको लागि म अन्तिम सम्म लड्ने छु l  लडेको थिए र लडी रहेको छु l त्यसमा म सम्झौता गर्दिन l

उपाधक्ष्य पद नै मेरो लागि उचित होला भनेर उपाधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु भन्दै समाज सेवा गर्न पवित्र मन हुनु पर्छ l समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ l अनि मात्र सामाजिक सेवामा लाग्न सकिने बताईन l बिगत १० बर्ष देखि नै सामाजिक सेवामा आफु संलग्न हुदै सामाजिक सेवामा थुप्रै काम गरेको बताउदै हाल आफु एनआरएन अमेरिकाको महिला संयोजक पदमा काम गरि रहेको छु  l

एनआरएन अमेरिकामा महिलाको सहभागिता पुरुष सरह बराबर होस् भन्ने मेरो चाहना छ तर पनि हाम्रा चेलीबेटी तथा दिदि बहिनिहरुका थुप्रै सामाजिक उत्तरदायित्व तथा संस्कारका कारण खुलेर समाज सेवामा पुरुष सरह सहभागिता हुन् नसकेको बताईन l महिलाहरुलाई समाज सेवा गर्न घर परिवार बाट प्रोत्साहन पाउनु पर्छ l प्रोत्साहन भन्दा निरुत्साही गरिने हुनाले महिलाहरु खुलेर समाज सेवामा लाग्न मन गर्दैनन् l

आफुले अमेरिकामा आए देखि महिला दिदि बहिनीहरुको हक र अधिकारको लागि धेरै संघर्ष गरेको ईतिहास बताउदै आफु ठुलो संकटमा परेको तर पनि सत्य र सहि हो भनि अन्तिम अवस्था सम्म लड्दा अन्त्यमा सत्यको बिजयी भयो l त्यसैमा म गौरन्वित छु भन्दै नेपाली दिदि बहिनीहरुलाई आत्म निर्भर तथा सशक्तिकरण गर्न आफुले ठुलो भूमिका निर्वाह गरेको चर्चा गर्दै आगामी दिनमा मेरो सशक्त भूमिका हुने छ भन्दै मलाई आगामी निर्वाचनमा मेरो उम्मेदवारी प्रति नेपाली समुदायले ठुलो सहयोग गर्ने छन् l

मलाई बिजयी बनाउनु हुने छ भन्ने आफुलाई आशा र भरोशा लागेको छ l म काममा विश्वास गर्ने महिला हु l धेरै प्रतिबद्धता जाहेर गर्न मन लाग्दैन l तर म जे बोल्छु त्यो पुर्याउने मेरो प्रतिबद्दता हुनेछ lनेपाली समुदाय बिच लसएन्जेलस क्षेत्रमा उमा कार्की थापा चिरपरिचित नाम हो भने महिला अगुवाको रुपमा कृयाशिल पनि छिन् l

नेपाल अमेरिका एकता समाजको निबर्तमान अध्यक्ष,नेपाली जनसंपर्क समिती साउदर्न क्यालिफोर्नियाको सल्लाहाकार,पश्चिम अमेरिका नेपाली संघ (वाना)को सस्थापक अध्यक्ष जस्ता गरिमामय पदहरुमा बसेर नेतृत्व प्रदान गरि सकेकी उमा कार्की थापाको उम्मेदवारीलाई अमेरिकामा निकै सकारात्मक रुपमा लिएका छन । उनि एसियन तथा प्यासिफिक आइल्याण्ड तथा साउथ एसियन नेटवर्क जस्ता गैर मुनाफा सामाजिक संस्थामा पनि आबद्ध छिन् l

एनआरएन अमेरिकाको वर्तमान महिला संयोजकको हैसियतले अमेरिकाको बिभिन्न राज्यमा रहेका सक्रिय सामाजिक सेवामा तल्लिन रहेका महिलाहरुलाई संगठित गरेर एनआरएन यूसए महिला समिती गठन गरेकी छिन्  l

एनआरएन अमेरिकाको महिला संयोजक हुदा पनि धेरै कुरा आफुले न गरेको बताउदै मैले बोलेको कुरा पुर्याएको छु भन्दै उपाधक्ष्य पदमा पनि आफुले महिलाका बिषय ,दोहोरो नागरिकता तथा एक पटकको नेपाली सधै नेपाली जस्ता कुरामा निरन्तर वकालत गर्ने बताईन l

 

UMA THAPA 1

प्रतिक्रिया