मल्लिका शेरावतको ‘डर्टी पोलिटिक्स’अदालतले रोक्यो

इनेप्लिज २०७१ फागुन २३ गते १५:०८ मा प्रकाशित

 

320827-dirty-politics.jpg

नयाँ दिल्ली, २३ फागुन (एजेन्सी): पटना हाइकोर्टले दायर गरिएको एक याचिकामाथि सुनुवाइ गर्दै मल्लिका शेरावत अभिनित ‘डर्टी पोलिटिक्स’को रिलिज रोक्ने आदेश दिएको छ। दायर गरिएको याचिकामा भारतको झण्डाले मल्लिकाले आफ्नो शरिर छोपेको एक दृश्यमाथि आपति जनाइएको थियो।
आगामी शुक्रबार रिलिज हुन लागेको फिल्मबाट विवादित दृश्य नहटाएसम्म रिलिज नगर्न अदालतले आदेश दिएको छ। याचिकाकर्ताले आफ्नो याचिकामा सो दृश्यले राष्ट्रिय झण्डाको अपमान गरेको दाबी गरेका थिए। अदालतले दुबै पक्षको कुरा सुनेपछि फैसलामा सेन्सर बोर्ड र सम्बन्धित प्रशासनलाई पनि निर्देश जारी गरेको छ।
यस अघि पनि सो दृश्यमाथि आपति जनाउँदै हैदरावाद अदालतमा मुद्दा दायर गरिएको थियो। यस अघि फिल्मको १३ फरवरीको रिलिज मिति सरेको थियो। अदालतको यो आदेशपछि फिल्मको रिलिजमा अन्योल उत्पन्न भएको छ।
– See more at: http://www.nepal24hours.com/np/?p=40015#sthash.XHlT86PB.dpuf

प्रतिक्रिया