चलचित्र हाउ फन्नीमा पत्रकार ऋषि धमला

इनेप्लिज २०७१ फागुन २४ गते १३:१८ मा प्रकाशित

thumb

काठमाण्डौ,२३ फागुन – निर्माण घोषणासंगै चर्चामा आएको चलचित्र हाउ फन्नी अहिले प्राविधिक कार्यमा व्यस्त छ । केहि दिन गाडी सार्वजनिक गरेको गीतले फिल्म सम्बन्धि गरिएको आकलनलाई केहि परिवर्तन गरिदिएको छ ।

फन्नी चलचित्रको लभ सङ अहिले बिस्तारै दर्शकको मनमा राज गर्न थालेको छ । पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत कार्यकारी निर्माता रहेको यो चलचित्रले रिलिज डेट घोषणा गरेको छ । फिल्म जेठ १५ बाट प्रदर्शन हुने चलचित्रकी निर्देशक निलु डोमा शेर्पाले जानकारी दिएकी छन ।

आफ्नो वितरकहरुसंग सल्लाह गरेर खाली रहेको डेटमा प्रदर्शन गर्ने घोषणा गरेका निलुको भनाइ छ। सो चलचित्रमा पत्रकार ऋषि धमलालाई पनि अतिथि भूमिकामा देख्न सकिने छ । स्क्रिप्टमा ऋषिजीको जस्तै क्यारेक्टर भएकाले उनलाई नै खेल्न प्रस्ताव गरेको निर्देशक निलुको भनाइ छ । उनी फिल्ममा केमियोको रूपमा देखिएका छन् । ऋषिले फिल्ममा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गरेका छन् ।

ऋषि धमलाबिनाको पत्रकार सम्मेलनकै वैधानिकताको प्रश्न उठ्ने भन्दै त्यो सिनबाट दर्शकले इन्जोए दिने नितुको दाबी छ । कमेडी जानराको फिल्ममा धमलाको उपस्थितिबारे थप व्याख्या गर्दै निर्देशक निलुले भनिन- गुगल गर्‍यो भने हाम्रा सेलिब्रिटीको भन्दा धमलाजीको बढी रिजल्ट आउँछ। फेरि फिल्मको सिनसँग उनको पर्सनालिटी पनि मिल्ने भएकाले राखेका हौं ।

उक्त चलचित्रमा प्रियंका कर्की, दयाहाङ राई , केकी अधिकारी , अनुप बिक्रम शाही , निशा अधिकारी , शिशिर राणा लगायतको अभिनय रहेको छ । पछिल्लो समय आश गरिएको फिल्म मध्ये एक हाउ फन्नी मा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ ।

यसमा संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् । फिल्ममा आङ नुरु शेर्पा फेरिचे, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ । यसलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको छ ।

 

स्रोत:डिसीनेपाल.कम

प्रतिक्रिया