कुटपिट गर्ने तीनजना पक्राउ

इनेप्लिज २०७१ फागुन २५ गते ३:४९ मा प्रकाशित

pakraauसप्तरी, २५ फागुन । होली पर्वको दिन मादकपदार्थ सेवन गरी सप्तरीको मानराजा गाविसमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी–२ बस्ने २६ वर्षीय डम्बर यादव, २२ वर्षीय पङ्कज यादव, ३८ वर्षीयो शशि यादव र सानुप्रसाद यादवसहितका रहेको बताइएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको बताइएको छ । मानराजा–७ स्थित बजारमा होलीको दिन स्थानीयवासी राजेशकुमार साहलाई मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए ।

यसैगरी, भारतबाट भन्सार छली ल्याउँदै गरेको हार्डवेयरको सामानलाई सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहको टोलीले सडकछेउमा पराल तथा घाँसपातले छोपी लुकाइराखेको सो समान बरामद गरेको हो । हार्डवेयरका सामानमा चारपाटे किला ७९६ केजी, नटबल्टु ठूला साना ६२४ केजी प्लेन्जर, ५८ पिस (५० केजी) सहित ३४ बोरामा प्याक गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानहरु करिब रु तीन लाखभन्दा बढीको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको समानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय राजविराजमा पठाएको बताइएको छ ।

प्रतिक्रिया