जोक र ठोक् को कारण संविधान बन्न सकेन – कांग्रेस केन्द्रिय सदस्य गुरुङ

इनेप्लिज २०७१ चैत १९ गते १४:२४ मा प्रकाशित

khem(2)लिस्वन, काँग्रेस केन्द्रीय सदस्य तथा प्रमुख अतिथि धनराज गुरुङ ले केपी ओलीले संविधान सभा भबनमा जोक भन्ने र प्रचण्डले ठोक भन्नाले नेपाली काँग्रेस विचमा परेर संविधान जारी हुन नसकेको बताए l

चर्चित युवा नेता, काँग्रेस केन्द्रीय सदस्य, प्रमुख बक्ता गगन थापा ले सहमति या प्रक्रिया कुनै पनि हालतमा जेष्ठ १५ भित्र संविधान जारी गरिने बताएका छन l नेपाली काँग्रेस टाउको गन्ने पार्टी भएकाले टाउको गनेरै भएपनि संविधान जारी गर्ने कुरामा जोड दिए l साथै उनले गैर आवाशीय नेपालीहरुलाई निर्वाचनमा लड्न पाउने अधिकार बाहेकको नागरिकता दिनको लागी सबै दल लगभग सहमत भईसकेको बताए l

उक्त कुरा नेताहरुले जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् l नेताहरुले मन्तब्यको अधिकांश समय संविधान सभाको चुनौती, समस्या तथा देशको आर्थिक समृद्धि को बारेमा खर्चेका थिए l

कार्यक्रममा काँग्रेस १२ औ महाधिवेशन प्रतिनिधि चिज कुमार तामाङ, महिलाहरुको तर्फबाट श्रीमती बिष्णु लुइटेल सुवेदी, नेपाली एकता समाजका अध्यक्ष अर्जुन सुनार, प्रवाशी नेपाली मञ्चका अध्यक्ष सुभाषचन्द्र अधिकारी, उपाध्यक्ष खेमराज रानाभाट, सल्लाहकार भिम केसी, जन सम्पर्क समिति जर्मनीका अध्यक्ष शरण केसी, जन सम्पर्क समिति युरोपका महामन्त्रि गंगाधर गौतम, एनआरएनए पोर्चुगलका अध्यक्ष रमेश गुरुङ्, संस्थापक अध्यक्ष पूर्ण हमाल, लिस्वंनका लागी अवैतनिक वाणिज्य दुत मकर बहादुर हमालले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे। सोहि अवसरमा पोर्चुगल स्थित विभिन्न संघ-सस्थाका अध्यक्ष पदाधिकारी लगायत सयौको संख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो l अधिकांश बक्ताहरुले सभा हलमा भएको उद्दण्डताको तिखो आलोचना गरेका छन l

नेपाली जनसम्पर्क समिति संयोजन विभाग प्रमुख अर्जुन प्रसाद जोशी, कांग्रेस नेता ड़ा.प्रकाशशरण महत, सभासद ड़ा. आरजु राणा देउवा, नेपाली जनसम्पर्क समिति स्पेन, डेनमार्क, नर्वे लगायतका देशहरुका अध्यक्ष ले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाइएको थियो l

समितिले यसअघि बिपी स्मृति दिवस तथा बिपी सतबार्षिकी को अवसर रक्तदान गरेका महानुभाव, स्वयम् सेवक, बिधान समितिका सदस्य, निर्वाचन समितिका सदस्यहरुलाई नेता द्धयले प्रमाण-पत्र प्रदान गरेका थिए l स्थानिय कलाकारहरु स्मारिका, प्रियंका, रश्मि, सोनिया लगायतका बालिकाहरुको बिबिध नृत्यले अधिवेशन हल लाई संगीतमय बनाएका थिए l उद्घाटन सत्र उपाध्यक्ष भानु सापकोटा को स्वागत, महामन्त्री विनोद घिमिरे को संचालन र अध्यक्ष लक्ष्मि प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो l

संघियता पक्षधर भनिने संयुक्त मोर्चा नामक एक समूह ले विरोध गर्ने प्रयास गर्दा स्वयम् सेवक र सुरक्षाकर्मी ले हल बाट बाहिर निकालेका थिए l सोही कारण कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो l khem(2)

प्रतिक्रिया