नेपाली कन्सुलेट लिस्वनले बार्षिक उत्सव मनायो (फोटो फिचर सहित)

इनेप्लिज २०७१ चैत १९ गते १४:३८ मा प्रकाशित

khem(2) - Copy३१ मार्च
लिस्वनमा अवैतनिक वाणिज्य दुतको कार्यालय स्थापना भएको एक बर्ष पुगेको अवसरमा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ l अवैतनिक वाणिज्य दुत मकर बहादुर हमाल द्धरा आयोजित सो कार्यक्रम सोमबार साँझ होटल मारियटमा आयोजना गरिएको थियो l consulate4 - Copyconsulate9 - Copy

पाेर्चुगलका लागी क्यानडा, डेनमार्क, नर्वे, स्विडेन, चाइना,भारत, बंगलादेश हंगेरी, चेक रिपब्लीक, राेमानिया, स्विजरल्याणड, जापान, अर्जेन्टिना र उरूगेका राजदुत, पाेचुर्गल पयर्टन बाेर्डका निर्देशक, चेम्बर अफ कमर्स पाेर्चुगलका प्रमुख, एसिया अाेसियानीनिक डिभिजनका प्रमुख, पाेचुर्गलका लागि युएनका अावासिय प्रतिनिधि, उड्ययन प्राधिकरणका प्रमुख, सुरक्षा निकाय प्रमुख, हिमाल आरोही ज्वो गार्सिया, विश्व विध्यालयका प्राध्यापकहरू लगायत अन्य स्थानिय तहका बरिष्ठ कुटनैतिक व्यक्तित्व, नेपालको संबिधान सभाका सभासदद्धय धनराज गुरुङ, गगन थापा एबम यहाँ स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो l

उक्त अवसरमा सभासद गुरुङ, थापा तथा नेपाली दुतावास पेरिशका उप-प्रमुख रामबाबु ढकाल ले दिएको शुभ-कामना मन्तव्यमा नेपाल र पोर्चुगलको दुई पक्षिय सम्बन्धको चर्चा गर्दै नेपालमा लगानीका लागी आब्हान गरेका छन l कार्यक्रम उपस्थितहरुलाई वाणिज्य दुत हमालले स्वागत गरेका थिए भने संचालन रोजी ले गरेकी थिइन् l
कार्यक्रममा नेपाल प्रवर्दन सम्वन्धि भिडियाे सहित विभिन्न खालका कलापूर्ण नृत्यहरू प्रस्तुत गरिएकाे थियाे

फोटो:- ज्याक्सन सेभेन

प्रतिक्रिया