एनआरएन एन सी सी अमेरिकाको बोर्ड अफ डिरेक्टर पदको उम्मेदवार : सतेन्द्र शाह

इनेप्लिज २०७१ चैत २० गते २२:१९ मा प्रकाशित

satendra shah

श्रदेय दाजुभाई तथा दिदि बहिनीहरु,

आगामी एनआरएन एन सी सी अमेरिकाको को निर्वाचनको लागि मैले बोर्ड अफ डिरेक्टर पदको लागि उम्मेदवार दिएको छु l

एनआरएन एनसीसी अमेरिकाको अभियानमा निरन्तर लागि रहेको जानकारी गराउन चाहन्छु l आफु टिम वर्कमा विश्वास गर्ने भएकोले नेतृत्व संग हातेमालो गर्दै आफु एनआरएन अभियानमा लाग्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु l

यहाँहरुको सद्भावले मलाई मौका दिनु भयो भने एन आर एन अमेरिको संस्थागत विकास ,संस्था सुदृढिकरण र सदस्यता अझ बृद्धिका लागि मेरो अथक प्रयास हुने छ l संस्थालाई अझ गरिमामय बनाउन म उल्लेखिय भूमिका निर्वाह गर्ने छु l

एनआरएन एन सी सी अमेरिकाको बोर्ड अफ डिरेक्टरको धेरै एजेन्डा भन्दा टिम र नेतृत्व संग मिलेर काम गर्नु पर्ने हुन्छ l र धेरै कुराहरु बोल्नु भन्दा आफु काममा विश्वास गर्ने हुनाले काम गर्ने एक पटक अवसर दिनु हुने छ भन्ने पूर्ण आशा राख्दै मेरो छोटो घोषणाहरु यस प्रकार रहेका छन् l

क )एक पटकको नागरिक सधैको नागरिक भन्ने नारालाई मुर्त रुप दिन नेपाली नागरिकताको लागि निरन्तर पहल गर्ने ।
ख )नेपाल सरकार र अमेरिकी सरकार समक्ष बुझाउन पर्ने दोहोरो कर हटाउने पहल गर्ने
ग ) आकस्मिक सेवा कोषको स्थापना गर्ने पहल गर्ने

मलाई विश्वास छ ,यहाहरुले मलाई एनआरएन एन सी सी अमेरिकाको बोर्ड अफ डिरेक्टर पदको उम्मेदवारको लागि योग्य सम्झनु हुने छ l आगामी निर्वाचनमा अत्यधिक मत प्रदान गरि बिजयी गराउनु हुनेछ l

अन्त्यमा एक पटक सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी–बहिनीहरुमा अभिबादन गर्न चाहन्छु

धन्यवाद

सतेन्द्र शाह
एनआरएन एनसीसी अमेरिकाको बोर्ड अफ डिरेक्टर पदको उम्मेदवार

 

प्रतिक्रिया