२०७१ मा रास क्रीएसनका नयाँ भिडियोहरु आउँदै (फोटो फिचर)

इनेप्लिज २०७१ चैत २५ गते १०:२१ मा प्रकाशित

1नयाँ स्रस्टालाई सधै साथ, समर्थन र हौसला प्रदान गर्ने रास क्रीएसनले यो नयाँ बर्षमा केहि नयाँ गीतहरु बजारमा लिएर आउन लाएको छ । चर्चित पप गायक रमेश थनेतको दोस्रो एल्बमको तेस्रो म्यूजिक भिडियो तथा नव गायक गणेशकाज़ी बस्नेतको पहिलो एल्बमको पहिलो म्यूजिक भिडियो रास क्रीएसनले बजारमा ल्याउन लागेको हो |23 भर्ख्रर मात्र सुटिङ सकिएको गीतहरुको अहिले धमाधम सम्पादन चलिरहेको छ । केहि नयाँ तथा पुराना मोडेलहरुले अभिनय गरेको उक्त म्यूजिक भिडियोको छायांकन सुलभ अधिकारीले गरेका छन् भने डाइरेक्सन रास क्रीएसनका क्रीएटिभ डाइरेक्टर रमेश थनेतको रहेको छ |

निकै नै सुन्दर ठाउहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोहरुको बजार ब्यबस्थापन तथा प्रोमोशन रास क्रीएसनले नै गर्ने भएको छ | बिशेस गरि युवा बर्गलाई लक्षित गरि निर्माण गरिएको उक्त म्यूजिक भिडियोहरुबाट आफु निकै नै आशाबादी रहेको कुरा रास क्रीएसनका म्यनेजिंग डाइरेक्टर आशिस घिमिरेले enepaleseलाई बताउनुभयो|4 crew

प्रतिक्रिया