नेजस क्यालिफोर्नियामा पाण्डे प्यानलको जित सुनिश्चित

इनेप्लिज २०७१ चैत २५ गते १०:३७ मा प्रकाशित

sangita1

यही १९ अप्रिलमा हुने नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको निर्वाचनमा प्रतिक पाण्डे प्यानलको स्थिति सुदृढ बनेको छ । पाण्डे प्यानलले महिला, आदिवासी जनजाति लगायतलाई समेटेर उम्मेदवारी दिएका कारण उक्त प्यानलको जित निश्चित रहेको छ ।

सभापतिका उम्मेदवार प्रतिक पाण्डे सिभिल इञ्जिनीयरिङमा डिप्लोमा तथा समाजशास्त्रमा स्नातक हुनुहुन्छ । पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानमा नेबिसंघ ईकाईका उपसभापति, सुनसरी जिल्ला सदस्य, नेपाल तरुण दल धरान नगरपालिकाका सहसचिव समेत रहनु भएको थियो ।

दलित गैर सरकारी संस्था, महासंघ तथा जागरण मिडिया सेन्टर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त गैर सरकारी संस्थामा वरिष्ठ स्तरमा बसेर संस्था सञ्चालन गरेको अनुभव पनि उहाँमा छ । हाल सन्नीभेलमा बस्दै आउनुभएका पाण्डे नेजस क्यालिफोर्नियाका हाल महासचिव समेत हुनुहुन्छ ।

यस्तै अनिवार्य उपसभापतिको उम्मेदवार संगीता गुरुङ कन्या गल्र्स कलेजबाट बिबिस उत्तीर्ण हुनुहुन्छ । हाल ड्याली सिटीमा बस्दै आउनुभएकी गुरुङ नर्थन क्यालिफोर्निया तमु समाजकी सल्लाहकार, नेपाल वुमन ग्लोबल नेटवर्ककी महासचिव र द ह्वाइट जोनकी आजीवन सदस्य हुन । अर्का उपसभापतिका उम्मेदवार प्रकाश बस्नेत क्यालिफोर्निया इस्टेट युनिभर्सिटी इस्ट वे बाट आइटी म्यानेजमेन्ट तथा कर्पोरेट म्यानेजमेन्टमा बिएस्सी हुनुहुन्छ । उहाँ नेविसंघमा सन् २००४ देखि सक्रिय रुपमा क्रियाशील हुँदै आउनुभएको छ । उहाँ हाल ओकल्याण्डमा रहनु भएको छ ।

सचिवका उम्मेदवार प्रदीप भण्डारी समाजशास्त्रमा एमए हुनुहुन्छ । नेविसंघ काठमाडौं जिल्लाका सहसचिव, त्रिचन्द्र क्याम्पसका ईकाई सहसचिव, नेपाली काँग्रेस इंचगु नारायणका सचिव हाल नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका सदस्य रहनु भएका भण्डारी हाल बकर्लीमा बस्दै आउनुभएको छ ।

यस्तै सहसचिवका उम्मेदवार नरेन्द्र तामाङ कानूनमा स्नातक हुनुहुन्छ । कानून व्यवसायीका साथ साथै व्यापारमा संलग्न तामाङ नेविसंघमा आवद्ध भई नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ हाल अमेरिकाको सेरिटोमा बस्दै आउनुभएको छ ।

यसैगरि कोषाध्यक्षकी उम्मेदवार शोभा राई समाजशास्त्रमा एमए हुनुहुन्छ । नेपाल मातृ गृहकी संस्थापक अध्यक्ष रहेकी र हाल पनि क्रियाशील रहनु भएकी राई विगत १५ बर्षदेखि नेपाली काँग्रेसमा क्रियाशील सदस्यका रुपमा सक्रिय रहनु भएको छ । उहाँ हाल अल्बानीमा बस्दै आउनुभएको छ ।

sangita

प्रतिक्रिया