बेलायती राजकुमार ह्यारी र गोर्खाहरुविच पुन भेटघाट हुने

इनेप्लिज २०७१ चैत २७ गते १९:५९ मा प्रकाशित

Prince Herry

लण्डन चैत २८ । बेलायती राजकुमार ह्यारीले अफगाननिस्तानको युद्धभूमिमा संगै काम गरेका गोर्खाहरु संग २०० बर्ष पुगेको सोर्णिमघडिको विशेष समारोहमा सरिक भई गोर्खाहरु सग भेटघाट गर्ने भएको छ । राजकुमार ह्यारीले सन् २००७ र २००८ सम्म अफगानिस्तानको हेल्मण्ड प्रान्तमा गोर्खाहरु सग रहदा एयर कन्ट्रोलरको जिम्मेवार सम्हालेका थिए । अफगानिस्तानको Cभूमिमा सँगै काम गरेका गोर्खाहरु सग पुन भेटघाट गर्न राजकुमार ह्यारी उत्साहीत छन । गोर्खाहरुले बेलायत सैनिक भएर सेवा गर्न थालेको २०० वर्ष पुगेको अवशरमा आउने जुन महिनामा हुन लागेको द्विसतावार्षिकी समारोहमा राजकुमार ह्यारी मात्र हैनन बेलायती महारानी एलिजावेथ , उनका पति डुयुक अफ एडिनवरा र युवराज चाल्र्स समेत उपस्थित रहने बेलायती अनलाईन खबरले जनाएको छ ।

राजकुमार ह्यारीले गोर्खाहरु संग अफगास्तिानको युद्धभूमिमा विताएको दुई महिनाको समय अवधि जिवनकै अविस्मरणिय र सुखदक्षण मध्य पर्ने विगतबाटै बताउदै आएका छन । ह्यारीले गोर्खाहरुको साथमा हुदा जतिको सुरक्षित अरु कोहि कसै संग नहुने समेत बताएका थिए ।

कन्स्पिसियस ग्यालान्ट्री क्रस (सिजिसी) पदक समेत पाएका सार्जेन्ट दीपप्रसाद पुन अफगानिस्तानमा राजकुमार ह्यारीसित काम गर्न पाएकोमा आफुलाई भाग्यशाली भएको बताउँछन् । गोर्खाहरु सन् १८१४ देखि बेलायती सेनामा सेवारत छन् । अंग्रेज – नेपाल युद्धका क्रममा गोर्खाहरुको आदम्य साहस,बहादुरी र निडरपनबाट अंग्रेज अफिसरहरु प्रभावित भएपछि युद्धविराम गरी गोर्खाहरुलाई आफ्नो सेनामा भर्ती गरेको ईतिहासमा पाईन्छ । त्यस समय यता गोर्खाहरुले भाग लिएको लडाइँहरुमा बेलायतको तर्फबाट सम्मानित गरिने सवै भन्दा प्रमुख पदक भिक्टोरिया क्रस नै गोर्खाहरुले १३ वटा प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया