डालस नयाँ बर्ष धमाकालाई अभूतपूर्व सफलता

इनेप्लिज २०७१ चैत २९ गते १५:१५ मा प्रकाशित

b 3

२०७२ नया बर्ष धमाका भाग १ कार्यक्रम लिएर अमेरिकाको दुई दर्जन भन्दा ज्यादा शहरहरुमा कार्यक्रम देखाउदै आएको सिताराम कट्टेल (धुर्मुस)तथा कुन्जना घिमिरे (सुन्तली)को टोलिले टेक्सासको डालसमा आयोजना गरेको नया बर्ष सांस्कृतिक साँझ कार्यक्रमले अभूतपूर्व सफलता हासिल पारेको छ l

b 2

नेपाली समुदायको जन घनत्व डालस शहरमा निकै रहेको र आफ्ना प्रिय कलाकारहरुलाई हौसला प्रदान गर्न बालबालिका ,युवा युवती तथा बृद्धहरु समेतले खचाखच भरिएको थियो भने सबै टिकट बिक्रि भएको जानकारी प्राप्त भएको छ l कार्यक्रम स्थलमा कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकले भरपुर मनोरंजन लिएका थिए l

b 1

सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली )को प्रहसनले निकै रोचक मानेका थिए भने चर्चित लोक दोहोरी गायक पशुपति शर्माको गितमा दर्शकले साथ दिएका थिए l यसै गरि लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले टेक्सास डालस पुरै घन्किएको थियो भने दर्शक मन थाम्न नसकी झुमेका थिए l

dalas 1

वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले आयोजक नेपाली समाज टेक्सासका सम्पूर्ण पदाधिकारी ,समुह ,बिशेष गरि भुवन आचार्य ,उत्तम लामिछाने ,विजय भट्टराई ,यमुना भट्टराई ,नेत्र पाण्डे तथा विकास राज न्यौपानेलाई हृदय देखि नै धन्यबाद दिएको बताए l

b 4

रेग्मीले ईनेपलिज़ डटकमलाई डालस बाट जानकारी गराउदै आज अप्रिल १२ मा अस्टिनमा हुने कार्यक्रममा नब्बे प्रतिसत टिकट बिक्रि भै सकेको बताए l सबै कलाकारहरुले नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन् समेत सामुहिक आग्रह गरेको बताईएको छ l

प्रतिक्रिया