सहमति जुटाई जतिसक्दो छिटो संविधान जारी हुन्छ : अध्यक्ष ओली

इनेप्लिज २०७१ चैत २९ गते १५:२५ मा प्रकाशित

kp-oli

काठमाडौँ, २९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा सहमति जुटाई जतिसक्दो छिटो संविधान जारी गर्ने बताउनुभएको छ ।

निजामती कर्मचारी सङ्गठनको १५ औँ केन्द्रीय परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान लेखनका विवादित विषयमा धेरै जसो विषयमा सहमति भइसकेकाले केही नमिलेको कुरामा सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभयो ।

अध्यक्ष ओली भन्नुभयो, “संविधान जारी नगरेसम्म मुलुकको समृद्धि सम्भव छैन, जतिसक्दो छिटो संविधान जारी गर्न एमाले तत्पर छ ।”

संविधान बन्न नदिने र मुलुकलाई टुक्राउने तत्वहरु पनि सल्बलाइरहेको भन्दै उहाँले संविधान बन्न कसैले रोक्न नसक्ने र मुलुकलाई टुत्र्mयाउन एमालेले नदिने विचार व्यक्त गर्नुभयो ।

निजामती कर्मचारीहरुको समस्या समाधान गर्न सङ्गठन आफैँ क्रियाशील हुन आग्रह गर्दै उहाँले आवश्यक परेमा पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती कर्मचारी सङ्गठनलाई व्यावसायिक, प्रतिस्पर्धी, निस्पक्ष र जनसेवी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै यसभित्रका समस्या समाधान गर्न आधिकारिक टे«ड युनियनको निर्वाचन छिटो गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया