म सँग जोश जाँगर भिजन भएकैले एनआरएन उपाध्यक्ष पद रोजेँ : रविना थापा

इनेप्लिज २०७१ चैत २९ गते २०:१० मा प्रकाशित

e13d99588ad8aएनआरएन अमेरिकास्थित गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद्को आसन्न निर्वाचनलाई सम्पूर्ण अमेरिकाबासी नेपालीहरुले नियाली रहेको बेलामा सशक्त महिला नेतृ रविना थापाले आफूलाई उपाध्यक्षको पदमा उभ्याएकी छन् ।

जनपुकार डकमले महिला नेतृ रविना थापासँग किन कसरी र के उद्देश्यले उनले उपाध्यक्षमा उम्मेद्वारी दिइन् भन्ने विषयमा छोटो कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीका केही अंशहरु :

रविनाजी तपाईँले एनआरएन एनसीसीको उपाध्यक्ष पदमा नै किन उम्मेद्वारी दिनुभयो ?
–हेर्नोस्, मैले पहिला सन् २००२ सालमा अमेरिका आउनुभन्दा अगाडि जापानमा पनि नेपालको कल्चर, भाषा र धर्मलाई बचाईरहनुपर्छ भनेर महिलाको तीज, दशैं तिहारजस्ता कार्यक्रमहरुमा आफू संयोजक भएर कार्यक्रमहरु सम्पन्न गरेको थिएँ । त्यही अनुभवले मेरिल्याण्डको बाल्टिमोरमा वासा भन्ने संस्था खोल्यौं र म त्यस संस्थाको संस्थापक उपाध्यक्ष भएर काम गरिसकेको मान्छे छु ।

रविना जी मेरिल्याण्ड र एनआरएनको त ठूलो अन्तर छ नि हैन र ?
– हो, एनआरएन त धेरै नै बृहत नै भयो, तर काम गर्ने मानिसले एकपछि अर्को ठूलो ठाउँ हुँदै अगाडि बढ्दै जान खोज्दो रहेछ । त्यसैले मैले बानामा सन् २००८ मा २÷३ वटा फेसन सो गराएँ । लोकल युवाहरुलाई आना मिस र मिस्टर भनेर गराईएको कार्यक्रमहरु एकदम लोकप्रिय भयो । म युवाहरुलाई अगाडि ल्याउन चाहन्छु । मसँगै धेरै अनुभव छ ।

रविना जी युवाहरुलाई नै अगाडि ल्याउने कार्यक्रम को कि अरु कुन कुन कुरालाई फोकस गर्न चाहनु हुन्छ ?
– हेर्नोस् मैले वास्तवमा विदेशमा फोरम गठन गरेर विजनेश सम्बन्धि ज्ञान भएको मानिसको जमघट गराए । त्यसले गरेर धेरै नेपालीलाई विजनेश गर्न मन भएकाहरुलाई धेरै फाइदा ग¥यो । हामीले यस्ता कार्यक्रम हरु ल्याउनु एकदम जरुरी छ र म त्यही गर्न चाहन्छु ।

नेपाली संघसंस्था धेरै छन् । तपाईँलाई कनि एनआरएन नै मनप¥यो र एनआरएनको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभयो ?
– एनआरएनमा डा. केशव पौडेल असाध्यै मेहनती, सक्षम र सवल व्यक्तित्व उठ्नुभएको छ । उहाँसँगै बसेर कामगर्दा आफ्ना अनुभव पनि उहाँसँग सेयर गर्न पाउने भइयो । अर्को त उहाँसँग उहासँग ठूलो भीजन छ । उहाँको भीजन र उहाँको सपनालाई साकार पार्न त्यस्तै धेरै व्यक्तित्वहरुसँगै बसेर कामगर्दा आ–आफ्ना ज्ञानहरु बाँडेर हातेमालो गर्दै देशका लागि केही न केही गर्न सकिन्छ कि भन्ने मेरो चाहनाले एनआरएन र उपाध्यक्ष पद नै रोजेकी हुँ ।

तपाईँले के के गर्न सक्नुहुन्छ र के के सहयोग गर्नु भएको छ रविना जी ?
– हेर्नोस् मैले हाइटीमा भूकम्प गएको बेलामा २६५० अमेरिकी डलर नेपालीहरुको तर्फबाट सहयोग उठाएर हाइटीकै एम्बेस्डरलाई बुझाएकी हुँ । मैले नेपाल भिजिट २०११ भनेर नेपालको डा. शंकर शर्माको सहयोगमा बाल्टीमोरमा निक्कै लोकप्रिय कार्यक्रम गरेँ । त्यसैले मैले ठाउँ पाउनुप¥यो म ँग जोश जाँगर दक्षता र सीप छ । मेरो यो केही गर्ने भावनालाई एनआरएनको चौतारीमा विसाउन पाए अझै धेरै काम गर्न सक्छु कि भन्ने सोचेकी छु ।

तपाईँले अन्त्यमा सबै जनपुकारडटकमका पाठक तथा अमेरिकामा बस्ने नेपालीबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
– धन्यवाद, मैले बानामा बसेर र जापानमा पनि भनौ त्यस्तै नेपाली धेरै संघसंस्थामा बसेर निस्वार्थ काम गरेकी छु । मसँग पहिला काम गरेको अनुभव पनि छ । मेरो त्यही अभुनवलाई एनआरएन जस्तो सबैको साझा संस्थामा बसेर नेपाल र नेपालीको लागि धेरै गर्ने इच्छा छ । मलाई एक पटक जिताएर काम गर्ने मौका दिनुहोस् म उहाँहरु सबैसँग सल्लाह गरेर सुझाव लिएर अझ बढी काम गर्नेछु भन्ने प्रण गर्न चाहन्छु ।

प्रतिक्रिया