डाँकाको आक्रमणबाट घरधनी श्रेष्ठको मृत्यु

इनेप्लिज २०७१ चैत ३० गते ४:०० मा प्रकाशित

daakaभद्रपुर, ३० चैत । झापाको पृथ्वीनगर गाविसको हिमाल चोकमा गएराति डकैती हुँदा डाँकाको आक्रमणबाट घरधनी देवकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति १२ः३० को समयमा हतियारधारी डाँकाले थोक बिक्रेताको पसल रहेको धनी श्रेष्ठको पसलमा सुन १० तोला र नगद रु एक लाख ८० हजार लुटेर भागेका छन् । लगभग १६/१७ जनाको समूहमा आएका डाँकाको आक्रमणबाट अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ भने थप विवरण सङ्कलन भइरहेको बताइएको छ ।

डाँकाको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

प्रतिक्रिया