बेल्जियमबासीसँग भुलिन गरिमा

इनेप्लिज २०७२ वैशाख ५ गते १२:२९ मा प्रकाशित

Ma-2-335x217काठमाडौ । नेपाली चलचित्रकी लोकप्रिय नायिका गरिमा पन्त बेल्जियमबासी नेपालीको प्रेसमा परेको सार्वजनिक भएको छ । उनले विगत दुई वर्षदेखि आफ्नो प्रेम लुकाउँदै आए पनि ‘ ढाटेको काटे पनि मिल्दैन’ भने जस्तै हालै चुहि हाल्यो ।
नायिका पन्त वेल्जियममा बस्दै आएका हरी थपलियासँगको चर्को प्रेममा छिन् । २ बर्ष अगाडि यूरोपमा आयोजना भएको सांकृतिक कार्यक्रममा सहभागी हुन गएको समयमा हरी र गरिमा नजिक भएका थिए । यसपछि यी दुइको सम्बन्ध प्रेममा बदलिएको बताईएको छ ।
बेल्जियममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका हरि पहिलो श्रीमतीसँग डिभोर्स गरेर एक्लै बस्दै आएका छन । उनको पहिलो पत्नी चाईनिज मुलको भएको प्राप्त खवरमा उल्लेख छ ।

प्रतिक्रिया