इभाना मानन्धरलाई मिस नेपाल

इनेप्लिज २०७२ वैशाख ८ गते १५:४२ मा प्रकाशित

miss-Nepalfinalaa
काठमाडौं, ६ बैशाख । राजधानी भोटेबहालकी इभाना मानन्धरले यसवर्षको मिस नेपाल प्रतियोगिताको टाईटल उपाधी हात पारेकी छिन ।उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन ।

निर्णायकको अन्तिम प्रश्न अबको १५ बर्षमा आफूलाई कस्तो अवस्थामा देख्नु हुनेछ भन्नेमा आफू ब्यक्तिगत रुपमा र पेशागत दुबैका माध्यमले बिकासमा लाग्नेछु भन्ने जवाफ इभानले दिएकी थिइन् ।

इभाना अमेरिकामा मार्केटिङ बिषयमा स्नातक गरिरहेकी बिद्यार्थी हुन् । उपाधीसंगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी थिइन् ।

प्रतियोगितामा दिब्यता बैद्य फस्र्ट रनर अप घोषित भइन् भने मेधा कोइराला सेकेण्ड रनर अप घोषित भइन् ।

प्रतिक्रिया