बाँझिएको नेतृत्व !

इनेप्लिज २०७२ वैशाख ९ गते २३:०१ मा प्रकाशित

Ram C Sharma (2)

उषा उज्यालो रंग जोडिनाले

हिमाल चादी संग जोडिनाले

यो देहसाथै पछि लाग्छ छाया

तर्सिन्छ मान्छे भ्रम जोडिनाले

चालु छ संसार घुमेर चक्र

सन्तान पिंढी क्रम जोडिनाले

देखिरेहेछौँ चरमोन्नति यो

सजीबतामा श्रम जोडिनाले

शिक्षा बिना यो जगतै अँध्यारो

नेतृत्व बाँझो तम जोडिनाले

प्रतिक्रिया