एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी

इनेप्लिज २०७२ वैशाख १२ गते २३:३२ मा प्रकाशित

keshab paudel

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ५ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा डा केशव पौडेल निर्वाचित भएका छन l

अध्यक्ष पदमा १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l

मतदान अप्रिल १६ देखि अप्रिल २० तारिख मध्ये राती सम्म बिधुतिय मतदान तथा मतपत्र मतदान गरिएको थियो l शनिबार सम्पन्न मत गणना अनुसार डा पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहेका थिए l

डा पौडेलले आफ्नो चुनाबी अभियानमा अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु भनि प्रतिबद्धता जाहेर गरेका थिए l

र ,साथै निर्वाचनमा बिजयी भएमा सर्वप्रथम के काम गर्नु हुन्छ भन्ने सवालमा एनआरएन अमेरिकाको संगठनलाई बलियो बनाउने छु l अमेरिका भर रहेका नेपालीहरुलाई यो संस्थामा सदस्य लिन मन लगाउने प्रकारका कार्यक्रम ल्याउने छु भनेका थिए l

आज बिहान अप्रिल २५ तारिख शनिबार ११ बजे देखि न्यु योर्कको क़ुइन्सको सत्यनारायण मन्दिरमा मत गणना गरिएको थियो l

यसै गरि वरिष्ठ उपाधक्ष्य पदमा एनआरएन अमेरिकाका महा सचिब न्युयोर्कका कृष्ण पोख्रेल बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस ,न्युयोर्ककि बन्दना कोइराला ,बाल्टिमोर कि रबिना थापा ,डिल्ली राम भट्टराई तथा राम चन्द्र पोख्रेल निर्वाचित भएका छन् l

यसै गरि महासचिबमा तिल बहादुर श्रेष्ठमा बिजयी भएका छन् भने सचिबमा शंकर खड्का ,सहसचिवमा संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन् ।

सदश्यहरुमा क्रमश गोमा शेन, सुर्य लम्साल, हरिश चन्द्र हमाल, मोहन बहादुर ज्ञवाली, बिनोद तिवारी, शिब राज पौडेल , विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह तथा सुशील रेग्मी बिजयी भएका छन् ।

प्रमूख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पन्न गरिएको थियो ।

nepal earthquake

lamsal

unnamed (6)

प्रतिक्रिया