महाभुकम्प पिडितहरुका लागि आरोहीहरुद्वारा सहयोग संकलन

इनेप्लिज २०७२ वैशाख १८ गते १३:३२ मा प्रकाशित

climbersसगरमाथा आरोहीहरु सम्मिलित यो संस्था मार्फत म्यानह्टनको डाउनटाउनमा रहेको एक विद्यालयमा अध्यनरत ९ सय जना इलिमेन्टरी विद्यालयका बच्चाले नेपालको भुकम्प पीडितहरुको लागी सुक्खा खानेकुरा संकलन गरेर दिने भएको छ ।

त्यस्तै टेन र ट्रेल आउडोरले कपडा, जुत्ता, ब्लाङ्केट, स्लिपिङब्याग, हेमोक टेन्ट ५ सय जनालाई पुग्ने सामान दिएको छ । ‘हामीले पाएको यो सामानहरु धेरै दुःख पाएको गाउँमा गएर दिने योजना बनाएका छौं’ एसोसियसनका अध्यक्ष सेरबजाङबु शेर्पाले भने, ‘यो सहयोग हामी नेपालमै पुगेर दिने योजना बनाएका छौं ।’

‘यस्तो दुःखद अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट जति सक्छ सहयोग गरिदिन हुनका लागि हामी हार्दिक अनुरोध गर्दछु,’ युएस क्लाइबर्स एसोसियसन जनाएको छ । यो संस्थाले अनलाइन र सडकमा उठाएको रकम आगामी मे २९ सम्म संकलन गर्ने छ ।

त्यही दिन पुजा गरी सबै जम्मा गरेर दुःख पाएको ठाउँमा पठाउने योजना बनाएको अध्यक्ष शेर्पाले बताए । नेपालमा भएको दुःखद घटनाको कारण एसोसियनले मे २९ को साँझ गर्ने भनिएको एभरेस्ट म्युजिकल नाइट रद्द गरेको जानकारी समेत उनले दिएको छ । तर मे २९ को एभरेस्ट डे कार्यक्रम भने पूजापाठका साथ दिउँसो हिम आरोहीहरुको सम्झनामा सगरमाथा दिवस मनाउने भएको छ ।

स्रोत :एभरेस्ट टाइम

प्रतिक्रिया