मनिषा कोइरालाको सिउँदोमा काँग्रेस सांसदको सिन्दुर

इनेप्लिज २०७२ वैशाख १९ गते ११:१४ मा प्रकाशित

shrukh-kolkataमुम्बई । आफ्नो श्रीमानसँग डिभोर्स गरेर एक्लिएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले विवाह गरेको तस्वीर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमले मनिषाले कांग्रेस सांसद शशि थरूरसँग विवाह गरेको तस्वीर सार्वजनिक गरेका हुन् । सांसद शशिकी श्रीमती सुनन्दा पुष्करको २०१४ मा रहस्मय तरिकाबाट मृत्यु भएको थियो । सुनन्दा पुष्करको जीवनमा आधारित चलचित्र ‘गेम’मा मनिषाले शशिसँग विवाह गरेकी हुन् एएमआर रमेशको निर्देशनमा बन्न लागेको चलचित्रमा मनिषाले सुनन्दा पुष्करको भुमिका निर्वाह गर्दैछिन् । यो चलचित्र कन्नड र तमिल भाषामा निर्माण हुनेछ । यसै चलचित्रमा मनिषा कोइराला कन्नड फिल्मा डेब्यू गर्दैछिन् । एजेन्सी

प्रतिक्रिया