इज़रायलमा रहेका नेपालीहरुले यसरी प्रार्थना गरे

इनेप्लिज २०७२ वैशाख १९ गते १८:०४ मा प्रकाशित

tvl Izrl

तेल अभिव (इज़रायल) बैशाख १९,

नारीदर्पण : गत २५ अप्रिल शनिबार २०१५ का दिन नेपाले मा गएको महाप्रलयकारी भूकम्पले यतिखेर देश र सारा जनता मर्माहित हुन पुगेका छन् । बैदेशिक देशिक रोजगारको सिलसिलामा मध्ये पुर्व इज़रायलमा कार्यरत नेपालीहरुले हिजो साँझ इज़रायलको तेल अभिव शहरमा हजारौं क्यान्डल बाली महाप्रलयकारी भूकम्पले दुकाएको शोकपूर्ण देशलाई सम्झिए ।tlv isrl

साप्ताहिक छुट्टीमा निस्किएका नेपालीहरुले तेल अभिवाको चिल्ड्रेन पार्कमा क्यान्डल बाट नेपालको नक्सा बनाइ त्यस भित्र नेपाल लेखिएको थियो र सुन्दर क्यान्डल बाटनै नेपालको राष्ट्रिय झण्डा पनि बनाएका थिए । अंग्रेजीमा PRAY F0R NEPAL लेखि सबैले मातृभूमीलाई सम्झिए । विभिन्न विवस र बाध्यताले आफ्न मातृभूमी बाट कोशौं दूर रहे पनि नेपाल दुखेको यस घडीमा सम्पूर्ण नेपालेहरु दुखेका छन् ,

रुयेका छन् । र, साथै आ-आफ्नो ठाउँ बाट साथ् र सहयोग जुटाउन हर सम्भव लागि परेका छन् । साथै शान्ति र्याली पनि गरेका थिए ।

tlv isrl

.तस्विर, पुष्प कार्की :

प्रतिक्रिया