म्यारिल्याण्डको चट्नी रेस्टुरेन्टले भुकुम्प पिडितको लागि कोष वृद्धि कार्यक्रम गर्ने

इनेप्लिज २०७२ वैशाख २० गते १९:२६ मा प्रकाशित

Chutney_Nepal_Flyer_8.5X11_May1

अमेरिकाको म्यारिल्याण्ड राज्यको कोलम्बिया स्थित चट्नी चमेना गृहले नेपालमा गएको भूकम्प बाट पिडितहरुको राहत को लागि कोष वृद्धि (फन्ड रेज ) कार्यक्रम गर्ने भएको छ l

उक्त चमेना गृहमा दिवा भोजनमा मे ११ देखि १७ तारिख सम्म उठेको रकमको ३० प्रतिसत भूकम्प पिडितलाई प्रदान गर्ने जनाएको छ l उक्त कार्यक्रम मे ११ सोमबार देखि मे १७ आईतबार सम्म लागु रहने चमेना गृहका संचालकले बताएका छन l

उक्त क्षेत्रको आसपास बसोबास गर्ने नेपाली समुदायलाई आग्रह गर्दै सहयोगको लागि अनुरोध गरेको छ l

प्रतिक्रिया