मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख २३ गते ४:५१ मा प्रकाशित

accident-signमुगु, २३ वैशाख । गएराति मुगु जिल्लास्थित रोवा भन्ने ठाउँबाट काठ ल्याएर आउँदै गरेको भे१ख १४७९ नम्बरको मिनीट्रक श्रीनगर गाविस–४ घाट भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बाजुरा जिल्ला जुकोट गाविस–६ घर भएका सन्तोष जोशीको जिल्ला अस्पताल मुगुमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी गराउनुभयो ।

निरीक्षक जोशी कै अनुसार दुर्घटनामा परी सोही ठेगाना भएका वीरचन्द्र विक गम्भीर घाइते र वसन्त उपाध्याय सामान्य घाइते भएका छन् ।

घाइतेको गमगढीमा रहेको रारा अस्पतालमा उपचार भइरहेको र गाडी चालक गोपी श्रेष्ठ फरार रहेका छन् ।

स्रोतका अनुसार मृतक जोशी मुगुस्थित रारा ताल घुम्न आएका र हिजो खोलामा कपडा धुन र नुहाउन गएका थिए । बेलुका सदरमुकाम गमगढी फर्कने क्रममा उक्त मिनीट्रक चढेका थिए । सदरमुकाम पुग्न खोलाबाट एक घन्टा उकालो हिँड्नु पर्छ ।

प्रतिक्रिया