भूकम्पबाट हजारभन्दा बढी घरमा क्षति

इनेप्लिज २०७२ वैशाख २३ गते १०:०० मा प्रकाशित

Lalitpur-Damage-Houseगाईघाट (उदयपुर), २३ वैशाख । पछिल्लो प्राप्त तथ्याङ्क अनुसार जिल्लामा वैशाख १२ र १३ गतेका विनाशकारी भूकम्पबाट एक हजार ३९ सर्वसाधारणका घर तथा सरकारी कार्यालयमा क्षति भएको छ ।

तीमध्ये धेरैको संरचना बिग्रेर ध्वस्त तथा २०५ घर तथा कार्यालयमा आंशिक क्षति पुगेको प्रजिअ कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

भत्केका र संरचना बिग्रेका घरमध्ये १९८ सरकारी कार्यालय, प्रहरी चौकी, अस्पताल स्वास्थ्यचौकी र विद्यालय छन् । जिल्लामा विनाशकारी भूकम्पबाट घाइते हुनेको सङ्ख्या २८ पुगेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । जिल्लाका दुर्गम गाविसबाट घर तथा भवन भत्केका विवरण प्राप्त भइरहेका कारण यसको सङ्ख्या बढ्ने बताइएको छ ।

प्रतिक्रिया