सलमान खानलाई पाँच वर्षको जेल सजाय

इनेप्लिज २०७२ वैशाख २३ गते १०:१३ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । बSalman-khan-650x488लिउडका चर्चित अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । बुधबार मुम्बर्इको सेसन कोर्टले सन् २००२ देखि चल्दै आएको ‘हिट एन्ड रन केस’मा सलमानलाई ५ बर्षको जेल सजाय सुनाएको हो । पाँच वर्षको जेल सजायँसँगै सलमानलाई २५ हजार रुपैयाँ जरिवाना पनि तिराइएको छ । सनमानले नशामा गाडी चलाएर सडकको पेटीमा सुतेका गरिबलाई किचेको अदालतले पृष्टि गरेको छ । नशामा गाडी चलाउँदा एक जनाको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । अदालतले सजाय सुनाएपछि सलमान खान अदालतमै रोएका छन् । भाइ र बहिनीसँगै अदालत पुगेका सलमानलाई दोषी ठहर गरेपछि पहिले उनकी बहिनी अर्पिता रोएकी थिईन् । त्यसपछि सलमानले पनि आँसु थाम्न सकेनन् । अदालतको फैसलापछि एकछिन अदालतमा रुवाबासी नै चलेको बताइएको छ । यस्तै, भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री हेमा मालिनीले सजाय कम गर्न आफ्नो तर्फबाट पुरै पहल गर्ने भन्दै सलमानप्रति सहानुभुति प्रकट गरेकी छिन् । सलमान जेल जाने निश्चित भएपछि उनका आमा बुबाको अवस्था विग्रिएको छ । उनीहरु बेहोस भएको बताइएको छ ।

प्रतिक्रिया