बाल्टिमोरमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण

इनेप्लिज २०७२ वैशाख २६ गते १४:२७ मा प्रकाशित

_S0A8184_LR

डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपालमा गएको विनासकारी भुकम्पमा परि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गदै श्रद्धाञ्जली अर्पण गरिएको छ l भूकम्पका कारण हजारौ परिवार दुखशोकमा परेको अवस्थामा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) तथा फ्रेन्डस अफ नेपालको सयुक्त आयोजनामा भुकम्प गएको १३औ दिनको पुण्यतिथी पार्दै दिप प्रज्वलन  सहित दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ l

_S0A8313_LR

बिष्णु गुरुङले कार्यक्रम आयोजनाको उदेश्य बारेमा बोलेका थिए भने बानाका अध्यक्ष कुलमणि आचार्यले नेपालो अवस्था बारेमा प्रकाश परेका थिए भने सहभागी हुने सबैलाई धन्यवाद दिएका थिए l गभर्नरको कार्यालयको तर्फ बाट जोयेस बिन्स तथा जेसी सिंह ,दक्षिण एसियन अमेरिकन्सकि गभर्नर कमिसनकि चेयरले गभर्नरको संदेश सुनाएका थिए l

यसै गरि भारतीय राजनैतिक दल बिजेपी अमेरिकाका संयोजक के सी सोनी ,एच एस हुन्दल ,यु एस ए अकाली दलका सभापति ,बिलाल अलि ,म्यारिल्याण्डका उपभोक्ता संगठनका अध्यक्ष ,गुजरात संगठनक इश्वर पटेल , सिख समुदायका अध्यक्ष डा सुरेन्द्र गिलले नेपालमा गएको भूकम्प प्रति दुख ब्यक्त गर्दै दिवंगत हुने सबैमा श्रदान्जली अर्पण गर्दै समबेदना दिएका थिए l दिप प्रज्वलन इनर हार्बरमा गरिएको थियो भने सबैले यस दुखत घडीमा समर्थन गर्दै साथ दिएका थिए l

_S0A8158_LR

_S0A8195_LR

_S0A8113_LR

_S0A8233_LR

_S0A8357_LR

तस्बिर सौजन्य : विक्रान्त मान श्रेष्ठ

प्रतिक्रिया