बिनाशकारी भुकम्पको १३ औं दिनमा “दिप प्रज्वलन” गरियो ।

इनेप्लिज २०७२ वैशाख २६ गते १४:३९ मा प्रकाशित

DSC01322-300x199

 

भर्जिनिया, गत बैशाख १२ गते नेपालमा गएको बिनासकारी महा भुकम्पबाट दिवंगत भएकाहरुको स्मृतिमा भर्जिनियामा दिप प्रज्वलन गरियो ।

अमेरिका नेपाल सहयोगि समाज ,डि सि नेपालि समाजको आयोजनामा गरिएको दिप प्रज्वलन कार्यक्रम एक मिनेट मौनधारण गर्दै हज़ारौ घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै सुरु भएको थियो। सो कार्यक्रममा डि सि मेट्रो वरपर बस्ने समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । पन्डित राजेन्द्र खनाल र उमानाथ पन्थि बाट मंत्र उचारण गरेर सुरु भएको छोटो कार्यक्रम कबिन्द्र सिटौलाले सन्चालन गर्नु भएको थियो।

सस्थाको तर्फबाट कमल भट्टराईले मात्रिभुमि दिनरात खटिनु भएका सस्थाका साथिहरुको महान कार्यको स्मरण गर्दै भविस्यमा अझ सहयोग गर्ने बताउनुभयो। समाजसेवि दधि ढुंगानाले पहिला हामि नेपालि भन्दै दिबगत् भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।अस्तित्व तिम्रो जोगाइ राख्छौ दिदैनौ टुट्नलाई , पुकार एउटै देश बिदेश बस्ने नेपाली जुट्नलाई नेपालि आमा प्रति समर्पित कमला खरेलबाट रचित र बाचित उक्त कबिताले उपस्थित सम्पूर्णलाइ रुवाउन बाध्य बनाएको थियो। हामि नेपालि हौ चिनेनौ तिमिले(भुकम्पलाइ),अब हामि प्रतेक घाउहरुलाइ मलम लगाउछौ भन्दै कबिन्द्र सिटौला अर्को जोसिलो कबिता सुनाउनुभयो। उक्त सोकसभामा शोक मन्तब राख्दै योगगुरु ललित शंकर योगीले ले भने देश सोकमा डुबेको छ । लाखौ मानिस घरबार बिहिन भएका छन्, हजारौ टुहुरा भएका छन्, यो समय सम्पूर्णमा दिल खोलेर सहयोग गर्नुपर्छ,सेवानै परमो धर्म हो भन्नुभयो। कार्यक्रमको अन्तमा मधु पन्थिले सागर कडेल र पदम रेग्मिलाइ बिसेस धन्यबाद दिदै सस्थाले ब्यक्तिनै पठाएर ठाउमा गएर राहत बितरण गरेकोमा आफु र सस्था गौरवान्नित भएको बताउनुभयो।DSC01322-300x199

प्रतिक्रिया