इज़रायलमा उभौली साकेला सम्पन्न

इनेप्लिज २०७२ वैशाख २८ गते १९:०८ मा प्रकाशित

गत शुक्रबार २५ गत्ते किराँत यायोख्खा नेपाल इज़रायल ले उभौली साकेला ५०७५ औं एलेदुंग तथा नयाँ कार्य समितिको चयन सम्पन्न गरेको छ ।भर्खरै नेपालमा आएको अकल्पनीय महाप्रलयकारी भूकम्पका कारण समस्त नेपाली पीडामा भएकोले कुनै तामझाम बिना सामान्य रुपमा रीतिअनुसार पूजा गरि मनाए थिए । र यस प्राकृतिक बिपत्तिमा परि मृत्यु हुन पुगेकाहरुको आत्मा चीर शान्तिको लागि एक मिनेट मौन धारण समेत भएको थियो ।

बैदेशिक रोजगारको सिलसिलामा मध्ये पुर्व इज़रायलमा कार्यरत राई हरुले आफ्नो संस्कृति र संस्कारलाई सरक्षण तथा सम्बर्दन गर्ने हेतु हरेक उभौली र उधौली मनाउदै आएका छन् ।

उक्त दिन सोहि कार्यक्रमको शुभ अवसरमा नयाँ कार्य समितिको चयनको घोषणा तथा सपथ ग्रहण गर्ने कार्य पनि सम्पन्न गरेका छन् । अध्यक्षमा पुनः बाल कुमार साम्पाङ्ग राई नै चुनिनु भएकोछ तथा अध्यक्ष बाल कुमार राई को अध्यक्षतामा १७ सदस्यीय कार्य समिति र ४ सदस्यीय सल्लाहाका चयन भएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया