सवैलाई समेटेर अगाडी बढ्छु : डा पौडेल (भिडियो)

इनेप्लिज २०७२ वैशाख ३० गते १३:५३ मा प्रकाशित

army-heli

गैर-आवाशीय नेपाली संघ ‘अमेरिका’का नब निर्वाचित अध्यक्ष डा. केशब पौडेलले सम्पूर्ण एनसीसी मध्य अमेरिकाको एनसीसी आउने दिनमा ‘नमुना’ बनेर देखिने बताएका छन |भर्खरै सम्पन्न निर्वाचन पश्चात गत ‘अप्रिल २६ गते नतिजा सार्बजनिक भए पनि नेपालमा विनाशकारी भूकम्प आएका कारण जिम्मेवारी हस्तान्तरण भने भैसकेको छैन |

नेपालमा नबस्ने भए पनि नेपालका लागी केहि बिशेष सहयोग ‘गरौ’ भन्ने भावनाका कारण आफुहरु पटक-पटक राष्ट्रलाई सहयोग गरिरहेको उनको भनाइ छ | आफ्नो दुइ बर्षे कार्यकालमा जति सक्दो अमेरिकाको आफ्नो टिमलाई बलियो,सभ्य र राम्रो बनाएर अगाडी बढ्ने प्रतिबद्दता समेत उनले जनाएका छन |

हामीले बिशेष गरी अमेरिकामै रहेका नेपालीहरुका समस्यालाई सम्बोधन गर्ने, नेपाली संस्कृतिलाइ जगेर्ना गर्ने, पासपोर्ट, इमिग्रेसन लगायतका समस्याहरुलाई सहजीकारण गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ |

बिश्वमै रहेका एनसीसी मध्य सबै भन्दा धेरै सदस्य आबद्द रहेको एनसीसी अमेरिका भन्दै नेपालमा लगानी भित्र्याउन भूमिका खेल्ने बिश्वास व्यक्त गरे | न्युजएनआरएनका सम्पादक कृष्ण अधिकारी संग कुराकानी गर्दै अध्यक्ष पौडेलले नेपालको भूकम्प प्रभावितलाई गैर-आवाशीय नेपाली संघ संग समन्वय गरी बिभिन्न फेजमा सहयोग गर्ने बताए |

उनले भने ” हामि हाम्रा दाजुभाई दिदि बहिनीहरुको पिडा देखेर मन दुखेर यथासक्य छिटो मेडिकल टिम आयौं,नुवाकोट,काठमाडौं, रसुवा,ललितपुर् लगाएतका क्षेत्रमा केन्द्रको समन्वयमा उपचार पनि गर्यौ, स्थानियहरुले राहतको अनुभब गर्नु हाम्रो निम्ति ठुलो कुरा हो |”शोक लाई शक्तिलाइ बदलेर अगाडी बढ्नु अहिलेको आबश्यकता छ उनले थपे |

भूकम्प प्रभावितलाई बाताबरण मैत्री र भूकम्प प्रतिरोधी घर निर्माणमा आफ्नो केन्द्र मार्फत सरकारको समन्वयमा सहयोग गर्ने बताएका छन |
गैर-आवाशीय नेपाली संघ ‘अमेरिका’का नब-निर्वाचित अध्यक्ष डा. केशब पौडेल संग कृष्ण अधिकारीले गरेको भिडीयो अन्तरबार्ता :

प्रतिक्रिया