गालि गलौच ,शंका उपशंका गर्ने बेला हैन :अमेरिकाका लागि नेपाली राजदुत डा कार्की

इनेप्लिज २०७२ जेठ २ गते १७:३० मा प्रकाशित

da karki

अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा अर्जुन कार्की संग अमेरिकामा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो l

उक्त कार्यक्रममा राजदुत डा कार्कीलाई अमेरिकामा स्वागत गरिएको थियो भने अमेरिका तथा क्यानाडाबाट पनि उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l कार्यक्रममा मन्तब्य तथा जिज्ञासाको प्रति उत्तर दिदै नव-नियुक्त राजदूत डा. कार्कीले हालैको विनासकारी महा-भूकम्प पश्च्यात नेपाल सरकारले गरेको उद्धार एवं राहत वितरणका कार्यकम बारेमा अवगत गराउनु भएको थियो l

र ,अन्तर राष्ट्रिय समुदायको अद्वितीय सहयोग नेपालले पाई रहेको चर्चा उपचर्चा गर्दै यस समयमा राज्य ,सरकार ,नेता तथा राजनैतिक दल लाई गालि गलौच ,शंका तथा उप शंका गर्ने हैन भन्दै यो बेला भनेको सहयोग गर्ने बेला हो l सरकारले अहोरात्र खटिएर काम गरि रहेको जानकारी दिदै यस्तो संबेदनशील समयमा टिका टिप्पणी गर्ने भन्दा एक आपसमा विश्वास गर्नु पर्ने समय हो भन्दै एकता देखाउनु पर्ने समय भएकोले उपस्थित सबैलाई एक जुट हुन् आब्हान गर्नु भयो l

डा कार्कीले आफु आएको पहिलो दिन नै विदेश मन्त्रि जन केरी ,उप मन्त्रि तथा सहायक मन्त्रि समेतलाई भेट्ने अवसर पाएको चर्चा गर्दै नेपालको स्थिति बारे जानकारी गराएको बताउनु भएको छ l आएको दोश्रो दिन नै लिखित रुपमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(टिपीएस) बारेमा पत्राचार गरि सकेको भन्दै आगामी मे १८ तारिख सोमबार राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने छु भन्दै त्यहि समयमा अन्य कुराहरु पनि राख्ने जानकारी दिनु भयो l

डा कार्कीले मन्तब्य व्यक्त गर्दै सरकारले भूकम्प पिडितहरुको लागि ३ अर्ब भन्दा ज्यादा खर्च गरि सकेको भन्दै महा भूकम्पले नेपालको राष्ट्रपति समेत पिडित हुनु भएको भन्दै यस्तो समयमा अग्रजहरुले संयम हुनु पर्छ भन्नु भयो l बाहिरबाट आएको सहयोग दुरुपयोग नहुने बताउदै त्यसको लागि सत प्रतिसत सबैमा बिस्वस्त हुन् आग्रह गर्दै अमेरिकामा बौद्धिक समुदाय छ र आफुले आफ्नो विचार राख्न अवसर पाएकोमा गौरन्वित छु डा कार्कीले भन्नु भयो l

भुकम्प पिडित प्रधान मन्त्रि राहत कोषमा संकलित रकम राहतको लागि मात्र खर्च गरिने जानकारी गराउदै भत्ता ,नियुक्ति ,यातायात आदिमा खर्च गरिने छैन भनि जानकारी दिनु भयो l पहिलो पटक सार्बजनिक रुपमा अन्तर क्रियामा सहभागी हुन् पाएकोमा आयोजकलाई धन्यबाद दिदै बौद्धिक समुदायबाट ठुलो सहयोग प्राप्त गर्ने आशा लिएको छु l नजिक बसेर काम गर्न चाहना रहेको राजदुत डा कार्कीले बताउनु भयो l

नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जन सम्पर्क समितिका संयोजक प्राध्यापक डा नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशेष योगदान गर्नु हुने व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराउने भएता पनि यस पटक नेपालमा गएको विध्वंसकारी महा भूकम्पको सेरोफेरोमा रही डा कार्की संग अन्तरक्रिया गरिने बताएका थिए l डा गुरुङले राजदुत डा कार्कीको बारेमा संक्षिप्त परिचय पनि गरेका थिए l

र ,नेपालको भूकम्प सम्बन्धि छलफल गरिएको थियो भने प्रश्न उत्तरको पनि राखिएको थियो l संस्थाको तर्फ बाट डा सुन्दर श्रेष्ठले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल(बिद्या वारिधि )ले गरेका थिए भने वहाले डा कार्कीलाई पहिलो पटक कार्यक्रममा सहभागी गराउन पाउदा हर्ष व्यक्त गरेका थिए l

प्रतिक्रिया