चौतारीद्वारा राहत कोषमा पचास हजार हस्तान्तण

इनेप्लिज २०७२ जेठ ४ गते १४:१३ मा प्रकाशित

Press-Chautariकाठमाडौँ, ४ जेठ । प्रेस चौतारी नेपालले भूकम्पपीडितको सहयोगार्थ नेकपा (एमाले)बाट सञ्चालित राहत कोषमा आज रु पचास हजार हस्तान्तरण गरेको छ ।

सो रकमको चेक चौतारीका महासचिव माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभयो । एमालेले प्रत्येक जनसङ्गठनलाई रु एक लाख दायित्व तोकेको छ ।

एमालेले प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि स्वयंसेवक परिचालन गर्नेसम्बन्धी निर्देशिका सार्वजनिक गर्ने कार्यक्रममा चौतारीले रकम हस्तान्तरण गरेको हो । चौतारीले यसअघि नै भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा सघाएको थियो । चौतारीले प्रत्येक सदस्यबाट रु एक सय सङ्कलन गरेर राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।

ओलीबाट समवेदना व्यक्त

एमालेका अध्यक्ष ओलीले दोलखाका पीडितको उद्वार तथा राहतको लागि खटिएको अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई नेपाली र छ अमेरिकी सैनिकको मृत्यु भएकामा आज एक शोक वक्तव्य जारी गरी हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया