प्राकृतिक बिपत : त्रास,बास र आश

इनेप्लिज २०७२ जेठ ६ गते १३:०८ मा प्रकाशित

krishna-adhikari-278x300वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भाग्य र कर्म अनि दैव र भविष्यको चर्चा बढी भए । प्रकृतिको गर्भमा हुने उथलपुथलले आउने भूकम्पलाई दैविक विपत्ति पनि भनियो । कसले के भने कसले के भने ?

ज्योतिष देखि भूगर्भविद्हरुसम्मको हवाला दिएर जनतालाई त्रस्त पार्ने काम भयो । के कसैले भूकम्पको भविष्यवाणी गर्न सक्छ ? कसले कति क्षमताको कहिले आउँछ भनेर भन्नसक्ने कुनै ज्ञान छैन । हो भूकम्प आउनसक्छ भन्ने आधारहरु प्रशस्त छन् । तर, वैशाख १२ पछि अनेक भविष्यवाणी भए, संचारमाध्यमहरुले त्यसैलाई आधार बनाए, त्रस्त जनता त्यसैको पछि लागे । अनि अहिलेसम्म त्रिपालमुनको बास छ,

घरबास सद्दे हुनेहरुको पनि । यसको एउटा कारण छ, कर्ममा भन्दा भाग्यमा अनि आफ्नो क्षमतामा भन्दा अरुको भरमा बढी विश्वास गर्ने गरेकैले अहिलेको त्रास कायमै रहेको हो । नत्र हरेक दिनका सुरुवात गर्नुअघि किन राशिफल हेर्नुपथ्र्यो । विश्वको  कूल जनसंख्यालाई आधार बनाउने हो भने एउटा राशीमा ५० अर्बभन्दा बढी मान्छे हुन्छन् । त्यो कसरी आफूसंग मेल खाला ? तर पनि राशिफल हेर्न छुट्दैछ । एकाविहानै सबैभन्दा बढी हेरिन, पढिने र सुनिने नै राशिफल हो । त्यसैले त नेपालका राष्ट्रियस्तरका दैनिक पत्रिकाले राशिफल प्रकाशित गर्छन | साथै ज्योतिष बिज्ञानको हवाला दिएर भ्रम फैलाएको भन्दै तिनै ज्योतिषहरुलाई प्रहरीले गिरफ्तार गर्दछन | राशिफल प्रकाशित हुनु फरक कुरा हो, प्राकृतिक बिपत्तिका साथै ठुलो भूकम्प आउदै छ भनेर समाजमा भ्रम सिर्जना गर्नु अर्कै कुरा हो | नेपाली समाज हल्लाको पछाडि दौडिन थालेको धेरै भइसकेको छ, भूकम्पको हल्ला एक

सामान्य उदाहरण मात्र हो | गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्प गए देखि मानिसहरुमा बेचैन छ, काम गर्ने जाँगर छैन, अस्थिर मन छ तनाब नै तनाब छ यधपी आफ्नो दैनिकीमा फर्कन मानिसहरु प्रयत्न गरिरहेका छन | प्राकृतिक बिपत्तिमा राज्य, जनता, राष्ट्रिय अन्तराष्ट्रिय सम्पूर्ण शक्ति मिलेर प्रभावितलाई राहत तथा उद्दारका काम गरे, गरिरहेका छन, भविष्यमा झन धेरै गर्नेछन | अकस्मात आएको बिपत्त्तिमा जनता कति सम्म भईसके भन्देखिन काम गर्ने अबस्थामा समेत भूकम्पको झड्का गएको अनुभब लिने अर्थात् ‘ट्रमा’ले त्राही-त्राही बनाएको छ |नेपालको करिब २० प्रतिशत भूभागका जनता मात्र ७२ सालको भूकम्पले प्रभावित भएका छन तर बाँकी ८० प्रतिशतका जनता त्रसित अबस्थामा छन | काठमाण्डौमा भूकम्पले नगरेको क्षति देखेर भूगर्भ-विदहरु चकित छन, भने मिडिया राज्यले यो गरेन,त्यो गरेन भनेर राज्य लाई गाली गर्दा-गर्दै थकित छन | अन्तत: जनता राहतका नाममा आफ्नो बन्दोबस्तीको ‘जोहो’ आफै गर्ने भन्दा बढ्ता आशा गरेर दिन बिताउने दैनिकीमा गएको बुझ्न धेरै जटिल छैन | आशा छ यस्तो नहोस | यसलाई तिन तरिकाले हेर्ने प्रयास गर्छ पंतिकारले, जुन यसप्रकार छन :

त्रास :

नेपालको भौगर्भिक स्थिति फरक र जटिल भएका कारण अब हामिलाई भूकम्पको त्रास सधै भरी हुने निश्चित छ किनभने भारतीय प्लेट र युरोसिएन प्लेट निकै बर्ष देखि चलायमान छन जसको हामीले भन्दा भूगर्भविदहरुले व्याख्या गरिरहेका छन

देशी तथा बिदेशी सबैले | जुनसुकै बेला ठुलो भूकम्प जाने सम्भावनाका कारण मानिसहरु सधै त्रासमा छन | त्रिपाल, पिढी, आगन, बारी, चौर, बगैचा, सार्बजनिक स्थल आजभोली मोबाइल लज बनेका छन |आफैले बनाएका घरले थिचेर मरिन्छ भन्ने ठुलो त्रास छ | पटकपटकका आफ्टरसक, र त्यस पछिका असामान्य स्थतिका कारण मानिसहरु त्रासमा छन |घर छाडेर बाहिर सुत्नेहरु चोरको बिगबिगी भएका कारण त्रासमा छन, घर भित्र सुत्नेहरु भूकम्पआएर मरिएला भन्ने त्रासमा छन, भने आफ्नो घर भूकम्प प्रतिरोधी भएकाहरु छिमेकीको ७ तले घर ढल्लाभन्ने त्रासमा छन | समग्रमा

समाज,देश,मानिस, दिन रात त्रासमा छन | ज्योतिष, र घरै पिच्छे भएका जियोलोजिष्टहरुका अन्तर्वार्ताबाट मानिसहरु झनै

त्रासमा छन | सरकारी कर्मचारीलाई घुस खुवाएर निलो स्टिकर लगाउन सफल भएका घरभेटीका घरमा भाडामा बस्ने सबै त्रासमा छन | नेपाली मिडियाले बालबालिकालाई फोकस गरि बनाएका रिपोर्टले आमाबुवा झन त्रास छन | पत्रिकामा लेखेका लेख र प्रसारित सामग्रीले भविष्यमा बच्चामा पर्ने असर सोचेर समात त्रसित छन | मौका छोपी बिदेशका गल्लिमा टोकरी थापेर संकलन गरेको रकम कता राज्यले खोस्छ भनेर संघ-संस्थाका मानिस त्रासमा छन, भने गैर सरकारी संस्था कता सरकारले राम्रो कामम गर्छ र आफ्नो खेति ओइल्याउछ भन्ने त्रासमा छन समग्रमा सबै त्रासमा | हो भूकम्पकै त्रासमा |

बास :

हो,नुवाकोटकी माईली तामांगको आफ्नो दशकौं देखि बस्दै आएको बास भत्किएको छ, भएको अन्न-सम्पति सबै माटोमा मिलेको छ | राज्य र अन्य क्षेत्रबाट आएको सहयोगको त्रिपाल र दिएको चामलले बर्खा धान्छ जस्तो लाग्दैन | भएको घर र कमाएको अन्न लगिगो, अबको समस्या भनेको बासको हो | बाताबरण मैत्री र भूकम्प प्रतिरोधी घर बन्ने भनेर धेरै समाचार आएका छन तर

राज्यले केहि सुरसार गरेको छैन | जस्ता वितरण गर्ने, एनआरएन,चौधरी,थापा,पौडेल, बस्नेत हरुले प्रयास बनाउने घर कस्ता हुन ? बर्खा धान्ने हुन कि फेसबुकमा फोटो खिचेर पत्रकार सम्मेलन गर्न हुन कुनै अत्तोपत्तो छैन | संसार भर ११ वटा देशमा १८ वटा अफिस मार्फत भूकम्पका जोखिम राष्ट्रहरुमा उद्दार, परामर्श र पुनर्निर्माणमा काम गर्दै आएको संस्था मियामोतोका सीईओले भने

झैँ अन्य देशको तुलनामा नेपालमा प्राइभेट सेक्टरले धेरै राम्रो काम गरेको कन्क्लूजन निकालेका थिए | हो राज्यले गर्ने भनेको भौतिक पुनर्निर्माणमा पनि अब प्राइभेट, व्यक्ति, संघसंस्थामिलेर काम गर्ने कि यति र उति घर निर्माण गरिदिन्छु

भनेर मिडिया बाजी गर्ने ? नीति नबनेको भए सल्लाह सुझाब दिने, कार्यन्वयनमा दबाब सिर्जना गर्ने, राज्यका संरचना लाई छिटो छरीतो र स्फुर्त बनाउन लाग्नु पर्ने हैन ? हाम्रो समान प्रकृतिका घरहरु नभएका कारण एक परिबारको घर भूकम्प प्रतिरोधी हुदाहुदै पनि छिमेकीका कारण सुरक्षित हुन सकिएको छैन किनभने छिमेकीले ७ तले घर बनाइदिएको छ, तपाइको २ तला छ, समस्या यहि छ | अब राज्यले कठोर कदम चाल्ने बेला आयो, बिग्रेका संरचना भत्काउने, नयाँ बनाउन लाइ प्रोत्साहन गर्ने जुन योजनाबद्द शहरी बिकासका मापदण्ड पुरा गरी निर्माण हुन |

आश :

देश भत्केपनि,मन भत्किएको छैन | युबा शक्तिलाई अब नेपालमै रोजगारीको अबसर मिलाउदै बिग्रेको देशलाई सुधार्नु तर्फ लाग्नु पर्छ | सबै भन्दा महत्वपूर्ण पक्ष के हो भने नेपालमा रहेका युबा लाई यहि भविष्य देखाई, बिदेशमा भएको दक्ष नेपालीलाई घर-फर्काउनु पर्छ जसले हाम्रो आफ्नै सिप-मेहनतले नयाँ नेपाल निर्माण हुनेछ | जुन असम्भब छैन | नीतिनिर्माण गर्ने, विपद ब्यबस्थापनका उच्चतम उपायहरु खोज्ने,नीतिलाई कार्यान्वयन गराउने र देस निर्माण गर्ने यहि आश हो | थिकं ट्यांकहरु निर्माण गर्ने, सफलताका कथा बढाउने ताकी बिदेशिएका ४० लाख नेपाली लाई स्वदेश फिर्ता

गराउन सकियोस | अब नेपालमा अधिकारका माग थिलो-थिलो परेको समाज बाट उठ्छ जस्तो लाग्दैन उठे भने ति आफै सकिनेछन | छिटो भन्दा छिटो संबिधान जारी गरि ढलेको अर्थतन्त्र उठाउन, मुलुकको बिकासमा टेवा दिन, हर सम्भब भएका सबै शक्तिलाई साथ लिएर अगाडी बढी अबका तिन एजेन्डा संबिधान, पुनर्निर्माण र सम्रिदीको खाका कोर्ने महत्वपूर्ण समय र अबसर यहि हो | खेर नफाली देश बिकासमा जुटौ |
[email protected]

प्रतिक्रिया