नेजाको वार्षिक साधारणसभा तयारी पूरा

इनेप्लिज २०७२ जेठ ७ गते १०:५२ मा प्रकाशित

neaja 9th agmकोलोराडो,मे २१ | नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ । कोलोराडोको डेनभरमा यही शनिवार र आइतवार हुन लागेको साधारण सभाको प्राय: सबै तयारी पुरा भै आफुहरु सहभागीहरुको स्वागत गर्न उत्साहित रहेको साधारण सभाका स्थानीय संयोजक एवं नेजा कार्य समितिका सदस्य शैलेश पोखरेलले जानकारी दिनु भएको छ |
नेजा अमेरिकामा रहेका नेपाली संचारकर्मीको वृहत्तर हितका लागि दशक अगाडिदेखि क्रियाशील संस्था हो । यस भित्र सय जना भन्दा बढी सक्रिय सञ्चारकर्मीहरु आवद्ध छन् । अमेरिकामा प्राय: सबै सहरमा अनलाइन र छापा पत्रकारिता मार्फत नेपाली संचारकर्मीले नेपाली समुदायलाई सूचना र विचारहरू पस्किदै आएका छन् । यस वर्षको साधारण सभाकै अवसरमा नेपालमा आएको महाभुकम्प प्रभावितलाई सहयोग संकलन गर्ने कार्यक्रम बारे समेत छलफल भैरहेको पनि संयोजक पोखरेलले जानकारी दिएका छन् |
वार्षिक साधारण सभासंगै डेनभर वरपरका स्थानीय व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि र समुदाय बीचपनि अन्तरक्रिया हुनेछ । साधारण सभामा अमेरिकामा बसेर पत्रकारिता गरिरहेका नेपाली संचारकर्मीहरुको जमघट हुनेछ भने नेजाको वार्षिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी विधान संशोधनका बारे पनि छलफल हुने नेजाका अध्यक्ष गौतम दाहालले जानकारी दिनु भएको छ | नेपाली संचारकर्मीहरुको पेशागत संस्थाको साधारण सभालाई डेनभरका टेलिभिजन तथा डेनभर पोष्ट लगायतका अमेरिकी मिडियाहरुले समेत चासोका साथ हेरेका छन् | साधारण सभाको उद्घाटन सत्रमा स्थानीय टिभी च्यानल र डेनभर पोष्टका प्रतिनिधि सहभागी हुनेछन् भने अमेरिकी राजनीतिज्ञहरुलाई समेत आमन्त्रण गरिएको छ |
अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत डाक्टर अर्जुन कार्कीले प्रमुख अतिथिको रुपमा साधारण सभाको उद्घाटन गर्नु हुनेछ । साधारण सभामा हाल अमेरिका भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार युवराज घिमिरे विशेष अतिथिको रुपमा सहभागी हुनुहुनेछ | यसैगरी सान डियागोका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत ऋषी ढकाल,गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका नव निर्वाचित अध्यक्ष डा.केशव पौडेल,एशोसियएन अफ नेपलिज इन द अमेरिकाज (एनएनएन) अध्यक्ष रोजर अधिकारीसहित स्थानीय संघ संस्थाका प्रतिनिधिहरु उद्घाटन सत्रमा सहभागी हुने तय भएको छ ।

प्रतिक्रिया