मंगलबार, भदौ ६ २०७४ | Tue, August 22, 2017
नेपालको समय: १३:०३ | Washington DC: 03:18

‘नेपालमा भूकम्पको जोखिम कायमै, अर्को साता ठुलो भूकम्प जानसक्ने सम्भावित खतराको चेतवानी’

पुरुषोत्तम ढकाल, लस एन्जलस

Nepal-Aftershock-Map (1)संसारभरिको संभावित भूकम्पको जोखिम र खतरा अध्यन र अनुसन्धान गर्दै आएको अमेरिकी भुगर्व केन्द्र (युएसजीएस) ले आगामी साता नेपालमा भूकम्पको थप ठुला धक्का जान सक्ने सम्भावना सहितको रिपोर्ट सार्वजिन गरेको छ । आगामी साता मे २० देखि २६ तारिखको सम्भावित तिथिमा नेपालमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको धक्का जान सक्ने केन्द्रको अनुमान छ । युएसजीएसद्वारा बुधबार अबेर राति सार्वजनिक गरिएको बिज्ञप्तिमा भनिएको छ, गोरखा केन्द्र बिन्दु रहेको अप्रिल २५ तारिख शनिबार गएको भूकम्प लगत्तै मे १२ मा दोलखा केन्द्र बिन्दु भएर गएको ७.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प पछि पनि भूकम्पको पराकम्पन र कम्पनहरु क्रमश: गैरहेको र आगामी साता मे २० देखि २६ तारिखको सम्भावित तिथिमा नेपालमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको धक्का जान सक्ने संभावित भूकम्पको जोखिम र खतरा रहेको आफ्नो अध्यन सार्वजनिक गरेको हो । बुधबारको बिज्ञप्तिमा केन्द्रले पूर्वानुमान गरेको मे १२ तारिख र त्यस पछि गएको भूकम्पको धक्काहरुलाई तथ्यको रुपमा अगाडी सारेको छ । यस अघि अप्रिल २५ मा गोरखाको बारपाक केन्द्र भएर गएको प्रलयकारी महाभूकम्पमा करिब ९ हजार मानिसको ज्यान जानुको साथै झन्डै २० हजार घाइते बनेका थिए । लगत्तै मे १२ तारिख दोलखा केन्द्र भएर गएको अर्को शक्तिशाली भूकम्पले झन्डै २०० जनाको ज्यान लिनुको साथै हजारौ घाइते भएका थिए । यस बिचमा ४ रिक्टर स्केल आस पासको २४८ भूकम्पको धक्का र पराकम्पन गइ सकेको केन्द्रले जानकारी दिएको छ । युएसजीएसले आफ्नो बिज्ञप्ति मार्फत पूर्वानुमान गर्दै भनेको छ, ‘आगामी साता यस अघि अप्रिल २५ र मे १२ जस्तै नेपालले भूकम्पको थप ठुला धक्का व्यहोर्ने संभावित जोखिम र खतरा छ ।’ स्मरण रहोस नेपालको गोरखा जिल्लाको बारपाक केन्द्रभै गत महिना अप्रिल २५ तारिख शनिबार गएको प्रलयकारी महाभूकम्पमा राजधानी काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धादिंग, मकवानपुर, दोलखा लगायतको जिल्लामा रहेका ६०० पुरातात्विक मन्दिर सहित एतिहांसिक धरहरा टावर पूर्ण रुपले ध्वस्त बनेको थियो भने हजारौ घर र सरकारी भवन समेत नष्ट भएका थिए । अप्रिल २५ तारिख शनिबार गएको प्रलयकारी महाभूकम्पमा भएको क्षतिको पूर्ण विवरण अहिले सम्म आइनसकेको अवस्थामा नेपालले आगामी साता थप भूकम्पको ठुला धक्का व्यहोर्ने संभावित जोखिम र खतरा सार्वजनिक हुनुले त्रिपाल र टेन्टमा बसोबास गरिरहेका नेपालीका लागि आउँदा दिन थप अन्यौल पूर्ण बन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंबाट हाम्रा संवाददाता अमिर भट्टराई भन्छन, ‘अप्रिल २५ तारिख शनिबार गएको प्रलयकारी महाभूकम्पले तहस नहस बनेको नेपाली समाज मे १२ को अर्को प्रलयकारी महाभूकम्पले त्रस्त बनेको बेला दिनहुँ जाने पराकम्पन र युएसजीएस) ले आगामी साता नेपालमा भूकम्पको थप ठुला धक्का जान सक्ने सम्भावना सहितको रिपोर्ट सार्वजिन भए लगत्तै जन जिवन थप त्रस्त बन्नुका अतिरिक्त फेरी एक पटक नेपाली समाज पूर्ण रुपले सडकमा आइपुगेको छ । काठमाडौंबाट हाम्रा संवाददाता अमिर भट्टराईले दिएको जानकारी अनुसार उद्धारमा आएको बेलायती चिनुक फिर्ता पठाइएको घटनाले ससंकित नेपाली समाज उद्धारमा सफल मित्र राष्ट्र बेलायत, जापान, इजरायल, अमेरिका र भारतीय हेलिकोप्टर सहितको दक्ष सेना फिर्ता पठाउने सरकारी निर्णयको बिरुद्ध देखिएका छन् ।

२०७२ जेठ ७ गते २३:५६ मा प्रकाशित
23 Comments on “‘नेपालमा भूकम्पको जोखिम कायमै, अर्को साता ठुलो भूकम्प जानसक्ने सम्भावित खतराको चेतवानी’”
  • Nayan wrote on 22 May, 2015, 6:39

    Source ????

  • AM THAPA wrote on 22 May, 2015, 11:22

    I’m confusion,this is true

  • marichman Shrestha wrote on 22 May, 2015, 14:23

    Huna ni sakx

  • Rabi Karki wrote on 23 May, 2015, 2:20

    Good massage

  • अनुप बस्नेत wrote on 24 May, 2015, 2:51

    यस्ता सम्भाळाना लाइ अब कसरि लिने

  • गुरुदेव wrote on 24 May, 2015, 10:44

    यी अमेरिकावासी पत्रकार हुन् की कुनै विदेशी एजेन्ट हुन्, हामी नेपालीले यु .एस.जी.एस . को रिपोर्ट पढन नसक्ने सोचेर वाहियात आर्टिकल लेखेका छन् जसको उदेश्य नेपालीमा त्राश फैलाउने र बाहिरिन लागेका विदेशी सेना लाई रोक्ने हो की जस्तो लाग्छ \
    यिनले २९ बैशाख को भूकम्प लाई अर्को शक्तिशाली भूकम्प भनि लेखेका छन् , तर अमेरिकी भुगर्व केन्द्र (युएसजीएस) ले समेत यसलाई पराकम्पन मानेको छ \
    अमेरिकी भुगर्व केन्द्र (युएसजीएस) ले आफ्नो रिपोर्ट मा मे २० देखि २६ सम्म ६-७ म्याग्निच्युड को पराकम्पन (० देखि १ वटा ) आउनसक्ने शम्भावाना मात्र ६% जनाएको छ , तर यी अमेरिकावासी विद्वानले सो कुरा आफ्नो आर्टिकल मा लुकाएका छन् र खतराको चेतावनी दिएका छन् |

    अर्को अनौठो कुरा यिनले अर्को ठुलो भूकम्प आउन सक्ने सम्भावना हुदाहुदै अमेरिका, वेलायत , आदि देशका सेना फर्कने कुराको नेपाली जनताले विरोध गरिरहेका कुरा कोइ लोकल पत्रकार को हवाला दिदै लेखेका छन् तर हामी नेपाली लाई त यो कुरो थाहा नै छैन |

    यस्ता त्राश र भ्रम फैलाउने लाई कारवाही किन नगर्ने ??????

  • ramji khadka wrote on 24 May, 2015, 11:01

    यो झुटो अनुमान हो। नेपालमा एस्ले झुटो हल्ला मात्र बनायो ।

  • sudarshan regmi wrote on 24 May, 2015, 11:26

    Very bad. Your masg is not a science based.

  • rabidra rijal wrote on 24 May, 2015, 14:32

    anuman ko kura hawa huncha
    hukampa kasaile aanuman garna sakdaina
    yo sabaibakwas ho

  • Cnn wrote on 25 May, 2015, 0:16

    yo Samachar sampresan Garne manchhe lai DV parera America gayeko ho bhane 5 barsa ko lagi nepal aauna rok lagaunu parchha.

  • इश्वर लमिछने wrote on 25 May, 2015, 4:45

    येस्ता बकन्फुसे समाचार सम्प्रेषण गरेर बिचलित जनताहरुलाइ झन त्रसित बनाउनु काहासम्मको बेकुफि हो सच्चा छोरा हो भने दुखित त्रसित जनत सङग दुःख बादने काम गर्नोस बबु

  • dn awasthi wrote on 25 May, 2015, 4:57

    Anuman matra ho conform hoin ..sacet banau halls KO p6i nlagaun ……..

  • Raj Kumar Shrestha wrote on 25 May, 2015, 8:40

    यो त अति भयो, २० देखि २६ को समाचारलाई आज २५ मा राखेर १ साता भित्र ठूलो भूकम्प जाने समाचार भनेर भन्न खोजिएको कहिलेलाई हो ? प्लिज अरु अनावश्यक tension नबढाईयोस् ।

  • jivan pageni wrote on 25 May, 2015, 15:36

    false report

  • jivan pageni wrote on 25 May, 2015, 15:37

    false report of usgs

  • बैकुन्ठ अधिकारी wrote on 25 May, 2015, 16:41

    सतर्क रहदा राम्रो

  • bikash wrote on 26 May, 2015, 1:59

    What kind of freaking news is this?don’t you guys have any other news? This is an old news and today is already 26th…FFcuk you.

  • krishan singh wrote on 26 May, 2015, 10:31

    K sachikai jancha hola may 26ma bhukampa

  • सागरनाथ शर्मा wrote on 26 May, 2015, 14:38

    मे २० देखि २६ तारिखको सम्भावित तिथिमा नेपालमा ६ देखि ७ रिक्टर स्केल सम्मको भूकम्पको धक्का जान सक्ने केन्द्रको अनुमान छ । >>>>> खोइ त ? इनिहरुलाई पनि पुलीसले पक्डेर किन न गोदने ?

  • Shyam pandey wrote on 28 May, 2015, 10:59

    Hawa kura, yesto thaha paunele April 25 ra May 12 ko lagi pani precaution diyeko bhaye ramro hunthyo ki!

  • adhikariros@gmail.com wrote on 28 May, 2015, 15:14

    The news is fully proven to be hoax and bullshit.

  • Gyan Bdr KC wrote on 4 June, 2015, 11:27

    यस्तो भ्रामक समाचार पनि प्रसार ग्रछौ वेकुफहरू हो । अरूलाई त्रास फैलाएर आतंकीत पारेर तिमीहरूलाई के फाईदा हुन्छ ?

  • shrijan wrote on 9 July, 2015, 4:38

    तिमीहरू पागल हरू america basre pagal news post nagar sathi ho .thaha hune le 12 gate agaadi kina nepal maa bhukam aauchha vanera vanena .arko kura nami nasune ko online lai hit hos vanera timi haru khate ko kam chhaina hawa news post garyo .bhukam pidit thauma bal bachha kati tarshi chhana yasle kasto ashar garchha timi haru Patarkarita ko dharma nabhuje kaa pagal haru lai k thaha 6

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी