शनिबार, असोज ७ २०७४ | Sat, September 23, 2017
नेपालको समय: २३:४६ | Washington DC: 14:01

एटलाण्टाको नासियाले राजदुताबास मार्फत प्रधान मन्त्री राहत कोषमा पैसा पठायो

विजय थापा ,वाशिंगटन डिसी

dr baral 1

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले नेपालमा गएको विनासकारी महा-भूकम्पबाट पिडित परिवारको सहयोगार्थ संकलन गरेको रकम वाशिंगटन डिसी स्थित नेपाली राजदुतावासमा संस्थाका अध्यक्ष डा राम चन्द्र बरालले राजदुत डा अर्जुन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको छ l

संस्थाका अध्यक्ष डा बराल उक्त रकम हस्तान्तरण गर्न जर्जिया एटलाण्टा बाट वाशिंगटन डिसी आई संकलित ७ हजार डलर (करिब ७ लाख नेपाली रुपैया ) प्रधान मन्त्रि राहत कोषमा जम्मा हुने गरि चेक(धनादेश ) दिनु भएको छ l

नेपाल सरकारको मार्फत नासियाले पठाएको रकम भूकम्प पिडितलाई पुगोस भन्ने हेतुले दुतावास मार्फत पठाउन पाउँदा गौरन्वित भएको बताउदै आर्थिक संकलन क्रम निरन्तर चलि रहेको बताउनु भएको छ l

वहाले आर्थिक सहयोग गर्ने संघ ,संस्था ,नेपाली समुदाय ,ब्यबसायी सबै वर्गलाई धन्यबाद दिनु भएको छ l वाशिंगटन डिसीमा उक्त रकम हस्तान्तरण कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाधक्ष्य तथा एनआरएन अमेरिकाका भूकम्प पिडित उद्धार टोलीका संयोजक लोकनाथ तिवारीको पनि उपस्थिति रहेको थियो l

तिवारीले भूकम्प पिडितलाई एनआरएनको तर्फ बाट ५ लाख दिई सकेका छन् भने आफ्नो व्यवसायबाट रकम उठाई राजदुतावास मार्फत प्रधान मन्त्रि राहत कोषको लागि १० हजार डलर पुर्याउने सार्बजनिक रुपमा घोषणा गरेका थिए l

राजदुत डा कार्कीले डा बराललाई नेपाल सरकारलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो भने राजदुतवासले प्रसंशा पत्र पनि डा बराललाई दिएको छ l

२०७२ जेठ ९ गते १:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी