रौतहट, १४ जेठ । रौतहटको स्थानीय बम नहर नजिक आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम गौरबाट जाँदै गरेको बा२ख १५० नम्बरको ट्रक र ना२१प ५३९१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा स्थानीय राजपुर तुलसी गाविस–६ बस्ने मोटरसाइकल चालक १८ वर्षीय अरसद ओस्ताको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साथै मोटरसाइकलमा सवार चुन्नु कवाडी र मोहमद जमाल घाइते भएका छन् ।
घाइते कवाडीलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । प्रहरीले ट्रक चालक ४१ वर्षीय इन्द्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया