काठमाडौँका ठेकेदारमाथि सिरहामा गोली प्रहार

इनेप्लिज २०७२ जेठ १४ गते ५:०७ मा प्रकाशित

goli-praharगोलबजार (सिरहा), १४ जेठ । सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

गोली प्रहारबाट काठमाडौँका सञ्जय पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेलको पेटमा छड्के किसिमले गोली लागेकाले बाँच्न सफल भएको र हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

कमला नदीको बाटो ग्राभेल तथा नगर सरसफाइको ठेक्का लिएका पौडेल डुमरीमै बसेर काम गराउँदै आएका थिए । गोली प्रहार कसले र किन गरेको विषयमा केही खुलेका छैन । घटनाबारे विशेष अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया