निम्न माध्यामकि विद्यालय पाम्डाँडाको पुननिर्माण कार्य हुँदै

इनेप्लिज २०७२ जेठ १४ गते १५:०९ मा प्रकाशित

जेष्ठ १४, चितवन । महाभुकम्पको विपत्तिसँग जुध्न जनतासँग सदैव रहने प्रतिवद्धता व्यक्त गर्दै केही दिन अघि नेकपा – माओवादीका महासचिव रामबहादुर थापा बादलले उद्घाटन गर्नुभएको पुनर्निर्माण अभियानको ५ औं दिन पनि जारी रहेको नेकपा–माओवादीको चितवन जिल्ला इन्चार्ज ज्ञानु बस्नेत आकांक्षाले बताउनुभयो । आजबाट भने भुकम्पबाट क्षति पुगेको चण्डिभञ्ज्यांग ५ पाम्डाँडा स्थित श्री राष्ट्रिय निम्न माध्यामिक विद्यालयको पुनर्निमाण कार्य भएको आकांक्षाले बताउनुभयो । उक्त विद्यालयको क्षतिग्रस्त भाग जुन जोखिमपुर्ण थियो त्यसलाई सुरक्षित तवरले भत्काउने काम भएको वहाँले जानकारी दिनुभयो ।
श्री राष्ट्रिय निम्न माध्यामिक विद्यालयका सञ्चालक समिति अध्यक्ष स्थानिय थानबहादुर गुरुंगले संचालक समितिको निर्णयमा विद्यालयको चर्केको भागलाई हटाइएको जानकारी दिनुभयो । सो को लागि नेकपा – माओवादीका स्वयंसेवकले सहयोग गर्नुभएको र पछि पुनर्निमाणमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

यसविच आइतवार जेठ १० गते दाह्रेचोक ४ स्थित तामिनबाट पुननिर्माण उद्घाटन गर्ने क्रममा राहत सामाग्री बाढ्ने क्रममा कुहिएको चामल बाढिएको भटिएको नेकपा–माओवादी चितवन सेक्रेटरी घननाथ सापकोटा विकासले बताउनुभयो । सो वितरण गरिएको कुहिएको चामल स्थानिय किसानको घरमा सुरक्षित रहेको पनि वहाँले जानकारी दिनुभयो ।
सो पुनर्निमाण अभियान हालको लागि पन्ध्र दिन चल्ने र सो ५० जनाको समुहमा मेडिकल टिम लगायत विद्यार्थि, मजदुर तथा युवा स्वयंसेवक रहनुभएको इन्चार्ज आकांक्षाले बताउनुभयो ।

प्रतिक्रिया