विनाशलीला

इनेप्लिज २०७२ जेठ १४ गते २०:०४ मा प्रकाशित

Ram-C-Sharma-21

कहानी उहिलेको

स्वस्थानी हैन !

*

रुवाबासी भो

मध्यनेपाल भित्र

खबर फैलियो !

*

हल्लायो, ढाल्यो

थिचिए, धेरै मरे

प्लेट जुधेको रे !

*

देखिन्न केहि

सिबाय खण्डहर

अचम्म भयो !

*

बिस्वमा ह्ल्चल

कम्पन र पराकम्पन

पहाडै फुट्यो !

*

मित्रहरु थे

मित्र रास्ट्रमा सच्चा

कोहि चनाखा !

*

गोहीको आँशु

बगाएर कसैले

मौकाको चौका !
*

अपबाद पनि

आँशु पुछेर गए

सच्चा मित्रले !

*

नतमस्तक छौ

उनीहरुमा हामि

आफ्नै प्रहरी !

*

निहुँ खोज्नेले

आरोप प्रत्यारोप

झगडे पार्टी !

*

दूर दर्शिता

हुनुपर्ने हरुमा

असक्षम सर्कार !

*

थिए लोभमा

आदत परेकाहरु

राहतमा र्याल !

*

रास्ट्रको धन

डाडु पन्यो हातमा

बैंशको श्याल !

प्रतिक्रिया