करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ जेठ १७ गते ३:४५ मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, १७ जेठ । महोत्तरी खयरमारा गाविसमा आज बिहान करेन्ट लागेर खयरमारा गाविस–८ बस्ने ३० वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ ।

आज बिहान ७ः३० बजे आफ्नै घरअगाडि रहेको इनारबाट बिजुलीको मोटरबाट पानी तान्न खोज्दा उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

प्रतिक्रिया