ग्लोबल मुभी फेस्टिभलमा नेपाली फिल्म

इनेप्लिज २०७२ जेठ १७ गते १४:२१ मा प्रकाशित

काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोमा हुन गईरहेको ‘ग्लोबल मुभी फेस्टिभल’मा नेपाली फिल्महरुले पनि सहभागिता जनाउने भएका छन् । फेडरेसन अफ इन्डो अमेरिकन नामक संस्थाले बर्षेनी आयोजना गर्ने उक्त फेस्टिभल यस बर्ष अगामी अगस्ट ७ देखि १६ सम्म हुनेछ । फेस्टिभलमा ३० देशका २५० वटा फिल्महरु प्रदर्शनीको लागि तय गरिएको छ ।
बलिवुड अभिनेता गुल्सन ग्रोभर प्रमुख अतिथी रहेको पत्रकार भेछघाट कार्यक्र,ममा फेस्टिभलका ग्लोबल डाइरेक्टर प्रकाश थापाले नेपालमा आएको भूकम्पले नेपाली जनजीवन पारेको प्रभाव बारे अवगत गराउँदै सहयोगका लागि आहवान गरेका थिए । फेस्टिभलमा पूजना प्रधानको ’चकलेट’, रिचा घिमिरेको ’तुलसी’ र उदय सिजापतिको ’टाटाबाई बाई ’ फूलमान बलको’सेलफोन’ र जस कुमार राई को सिनेमा प्रदर्शन हुने पक्का भएको छ ।

प्रतिक्रिया